हुगली, 25 जून (हि.स.)। हुगली जेलमा एउटा यस्तो मामिला सामु आएको छ जहाँ राज्य सजाय समीक्षा बोर्डले आदेश दिएको भए पनि बन्दीलाई रिहा गर्नमा एक वर्ष लाग्यो। यस मामिलामा कलकत्ता उच्च न्यायालयद्वारा अवमाननाको मामिला स्वीकार गरिएपछि बन्दी समीर दासलाई गए मंगलवार साँझ हुगली जेलबाट रिहा गरियो।
हुगलीस्थित पुरशुराका दैनिक श्रमिक समीर दासलाई आक्रोशको आवेगमा आएर आफ्नै काकीको हत्या गरेको मामिलामा वर्ष 2006-मा आजीवन कारावासको सजाय सुनाइएको थियो। समीर विगत 20 वर्षदेखिकै जेलमा बन्द थियो। राज्य सजाय समीक्षा बोर्डले उसलाई सुधार गृहमा राम्रो व्यवहार गरे बापत एक वर्षपूर्व नै रिहा गर्ने निर्देश दिएको थियो। तर जेलले उसलाई रिहा गरेन। न्यायिक विभागले उक्त आदेशलाई क्रियान्वन नगरेपछि समीरले उच्च अदालतको ढोका ढक्ढकाए।
उच्च न्यायालयका न्यायमूर्ति सब्यसाची भट्टचार्यले अवमाननाको मामिलालाई स्वीकार गरे। मामिलाको सुनवाई आगामी 27 जूनमा तय भएको छ। यसको तीन दिनअघि गए मंगलवार साँझ समीर दासलाई हुगली जिल्लाबाट रिहा गरियो। समीरका वकिल सम्पूर्णा घोषले बताए, एक वर्षपूर्व राज्य सजाय समीक्षा बोर्डले रिहा गर्ने आदेश दिएको थियो, तर समीरलाई रिहा गरिएन। त्यसैकारण उच्च अदालतमा मुद्दा दर्ता गरिएको थियो। गत 13 जूनमा जजले मुद्दालाई स्वीकार गरेका थिए। आगामी 27 जूनमा मामिलाको सुनवाई हुनुथ्यो। तर यसअघि नै बन्दीलाई रिहा गरियो। यस्ता धेरैजना बन्दीहरू छन् जसले रिहाई पाइरहेका छैनन्। उनीहरूको लागि पनि लड़ाईँ जारी रहन्छ।
रिहा भएपछि समीर दासले भने, उसको आफ्नो परिवार छैन। घरमा उसको एक जना भाइ छ, उसैकोमा उ जानेछ। यतिका वर्षपछि जेलबाट रिहा हुन पाउँदा राम्रो लागिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा