मणिपुरमा उग्रवाद विरूद्ध एकसाथ कारबाही, पाँच जना उग्रवादी समातिए
मणिपुरमा उग्रवाद विरूद्ध एकसाथ कारबाही, पाँच जना उग्रवादी समातिए


इम्फाल, 25 जून (हि.स.)। मणिपुर पुलिस औ सुरक्षा बलहरूले उग्रवादी संगठनहरू विरूद्ध संयुक्त कारबाही गर्दै राज्यका विभिन्न भागहरूबाट पाँच जना सक्रिय क्याडरहरूलाई पक्राउ गरेका छन्। यी सबै क्याडरहरू प्रतिबन्धित संगठनहरू क्रमैले यूएनएलएफ (पी), प्रीपाक (प्रो) औ यूएनएलएफ (एन)-सित आवद्ध रहेको बताइएको छ।

पुलिस अनुसार गए 24 जूनमा इम्फाल वेस्टको बाबूपारा क्षेत्रबाट यूएनएलएफ (पी)-का तीनजना सक्रिय क्याडरहरूलाई समातियो जसमा मोंगसांगई आवांग लैकाईका कोंथौजम ओपेन्द्रो सिंह (46), वांगखाई टोकपम लैकाईका टोकपम टोंगचा सिंह (55) औ खुड़ाई सोइबम लैकाईका किथेल्लकपम सरतचन्द्र मंगांग (53)सामेल छन्।

यी तीनै जनाले सरकारी अधिकारीलाई डर देखाएर ठेकाको कार्य हत्याउने प्रयास गरिरहेका थिए। यिनीहरूबाट पुलिसले प्रचुर मात्रामा हतियार अनि आपत्तिजनक सामग्री जफत गऱ्यो जसमा दुई वटा 9 एमएम पेस्तोल र दुई वटा म्यागजीन, आठ राउण्ड 9 एमएम गोली, एउटा .32 क्यालिबर पेस्तोल, चार राउण्ड 7.65 मिमी गोली, चारवटा मोबाइल फोन, आधार कार्ड, पर्स, नगद 3,800 रुपियाँ तथा टीभीएस स्कुटर सामेल छन्।

यसबीच अन्य दुईवटा अभियानमा पुलिसले प्रीपाक(प्रो) औ यूएनएलएफ (एन)-का थप दुईजना उग्रवादीहरूलाई पक्राउ गऱ्यो। इम्फाल वेस्टको लिवा रोडबाट प्रीपाक(प्रो) क्याडर थौदम जोनजैक्सन सिंह (42)-लाई पक्राउ गरियो भने थौबल जिल्लाको लिलोंग हैंगमथबी क्षेत्रबाट यूएनएलएफ (एन)- का मो. इस्लाम खान (29), उपनाम अतप्पालाई पक्राउ गरियो। दुवै उग्रवादी जिल्ला स्तरमा असुली अनि धम्कीका गतिविधिहरूमा लिप्त थिए।

सबै अभियुक्तहरूसित गहन जाँचबुझ जारी छ। अधिकारीहरूले भने, राज्यमा उग्रवादलाई निर्मूल पार्न अनि प्रशासनिक प्रक्रियाहरूमा हिंसालाई रोक्नको लागि यो कारबाहीलाई महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande