कोलकाता, 25 जून (हि. स.)। अन्तरराष्ट्रिय नशा विरोधी दिवसको अवसरमा कोलकाता पुलिसको नारकोटिक्स सेल (डिटेक्टिभ डिपार्टमेन्ट)-ले बुधवार एक प्रभावशाली जागरूकता कार्यक्रम अनि पदयात्रा आयोजना गऱ्यो स्कटिश चर्च कलेजमा आयोजित यस कार्यक्रमको उदेश्य थियो, युवाहरूलाई नशाको दुष्परिणाम बारे अवगत गराउनु अनि एक नशामुक्त समाज निर्माणको दिशामा उनीहरूलाई प्रेरित गर्नु।
कार्यक्रममा विशेषज्ञ वक्ताहरूले मादक पदार्थको सेवनबाट हुने मानसिक, सामाजिक औ स्वास्थ्यगत नोकसानमाथि प्रकाश पारे। नशाले कसरी युवाहरूको भविष्यलाई अन्धकारमा धकेलिरहेको छ र कसरी यसले सामाजिक ढाँचालाई नोक्सान पुऱ्याइरहेको छ आदि विषयमा पनि उनीहरूले बताए।
कार्यक्रममा मुख्य आकर्षकको कुरा के रह्यो भने कोलकाता पुलिसको डक स्क्वाडद्वारा प्रस्तुत एक रोमाञ्चक प्रदर्शन जसले विद्यार्थी, शिक्षक अनि आमन्त्रित अतिथििहरूलाई प्रभावित पाऱ्यो। यो प्रदर्शनले सुरक्षा बलहरूको तयारीलाई मात्र दर्शाउँदैन जबकि युवाहरूलाई अपराध अनि नशादेखि टाड़ा राख्नमा प्रेरक सन्देश पनि दिन्छ।
कोलकाता पुलिसले यस अवसरमा यो सन्देश पनि दियो, युवाहरूलाई विनाशको होइन, एक सुन्दर अनि सकारात्मक भविष्यको सपना देख्ने अधिकार छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा