कोलकाता, 25 जून (हि.स.)। अफिस टाइममा बुधवार रवीन्द्र सरोवर स्टेशनमा मेट्रो परिसेवा बाधित भयो जसबाट यात्रीहरूलाई विविध समस्याको सामना गर्नुपऱ्यो।
प्राप्त जानकारीअनुसारएकजनायात्रीले गुड़िरहेको मेट्रोमा प्यासेन्जर अलर्ट डिभाइस दबाएको कारणले मेट्रो रोकियो। घटनाको सूचना पाएर चालक र पुलिस तुरून्त घटनास्थलमा पुग्यो। तर अलार्म कसले बजाएको हो, पत्तो लाग्न सकेन। खतराको कुनै संकेत थिएन। सम्पूर्ण प्रक्रिया पूरा हुन 7-8 मिनट लाग्यो।
यस घटना कारणले 7-8 मिनटपछि मेट्रो रवीन्द्र सरोवर स्टेशनबाट प्रस्थान भयो। यसले गर्दा लगभग 9.50 बजे दक्षिणेश्वर जाने मेट्रोमा विलम्ब भयो। परिणामस्वरूप हरेक स्टेशनमा लगभग भीड़ बढ़्न थाल्यो जसले गर्दा यात्रीहरूलाई समयमा अफिस पुग्न गाह्रो भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा