आपतकालको कालो इतिहासलाई कसैले भुल्न सक्दैनः मुख्यमन्त्री डा. सरमा
आपतकालको कालो इतिहासलाई कसैले भुल्न सक्दैनः मुख्यमन्त्री डा. सरमा


गुवाहाटी, 25 जून (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले 50 वर्षपूर्व 25 जून, 1975-मा देशमा आपतकाल लागू गरिएको घटनालाई स्मरण गर्दै यसलाई लोकतन्त्रको कालो अध्याय बताए। उनले भने, आपतकालको त्यस कालो इतिहासलाई कसैले भुल्न सक्दैन।

मुख्यमन्त्री सरमाले बुधवार सोशल मीडियामा पोस्ट शेय गर्दै लेखेका छन्, २५ जून, आजभन्दा 50 वर्षपूर्व यसै दिन भारतको संविधानलाई नकार्दै लोकतन्त्रको हत्याको कालो अध्याय शुरू भएको थियो। स्मरणीय छ, जसले संविधानलाई औंला देखाएका थिए, आज उसैले संविधानको रक्षा गर्ने प्रवचन दिरहेको छ। आपतकालको त्यस कालो इतिहासलाई कसैले भुल्न सक्दैन, इतिहासले त्यो समयलाई याद राख्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande