कोलकाता, 25 जून (हि.स.)। पश्चिम बंगालमा मनसुन सक्रिय भएको छ भने लगातार वर्षाको सिलसिला जारी छ। मौसम विभागले जानकारी दिए अनुसार यस हप्ता बंगालका दक्षिणी भागहरूमा वर्षा अनि हुरी-बतास आउने सम्भावना छ। कोलाकाता लगायत केही जिल्लाहरूमा मेग गर्जनसित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोलकातामा आज अधिकतम तापमान 32 डिग्री सेल्सियस औ न्यूनतम तापमान 27 डिग्री सेल्सियस रहने अनुमान लगाइेको छ भने पछिल्लो केही दिनदेखिको बंगालमा कम दबावको अनि सक्रिय मनसूनको कारणले वर्षामा वृद्धि देखिएको छ। मौसम वैज्ञानिकहरूले बताए, बंगालको खाड़ीमा पनि उथुल-पुथुल कायम रहने छ जसबाट तटीय क्षेत्रहरूमा 55 किमी प्रतिघण्टाको गतिले हावा चल्नसक्छ।
आज कोलकातामा, हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, मेदिनीपुर, झाड़ग्राम एवं बाँकुड़ा जस्ता जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षासँगसँगै 30-40 किमी प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। दक्षिण 24 परगना, पूर्व-पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया एवं बाँकुड़ा जिल्लामा आज पनि घना वर्षा हुनसक्छ जहाँ 70-देखि 110 मिमी वर्षा दर्ता गर्न सकिन्छ।
उत्तर बंगालका जिल्लाहरू जस्तै दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार र कुचबिहारमा पनि आज भारी वर्षा हुने अनुमान छ। बिहीवार वर्षाको प्रभाउ अझ अधिक व्यापक हुनेछ। हुगली, दक्षिण 24 परगना, मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा एवं पश्चिम बर्धमानमा तीव्र वर्षा अनि तूफान आउनसक्छ।
मंगलवारदेखि बिहीवारसम्म दक्षिण बंगालका लगभग सब जिल्लाहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नेछ। नदिया, बर्धमान, बीरभूम, मुर्शिदाबाद एवं दुवै 24 परगना जिल्लामा हुरी-बतास आउने सम्भावना छ। तथापि कोलकाता सहित अन्य जिल्लाहरूमा छुटपुट वर्षा जारी रहनेछ।
मौसम विभाग अनुसार बंगालको उत्तरी खाड़ीमा एक नयाँ चक्रवाती घेरा बनिने सम्भावना छ जसबाट आगामी सप्ताहसम्म वर्षाको श्रृंखला जारी रहनसक्छ। मनसुनी धुरी बिहार, बंगाल अनि असम हुँदै पूर्वोत्तर भारत तर्फ सक्रिय भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा