टीएमसीमा पनि त्यस्तै तानाशाही सोच छ जसले 1975 सालमा आपतकाल ल्याएको थियोः अमित मालवीय
टीएमसीमा पनि त्यस्तै तानाशाही सोच छ जसले 1975 सालमा आपतकाल ल्याएको थियोः अमित मालवीय


कोलकाता, 25 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) नेता औ आईटी सेल प्रमुख अमित मालवीयले तृणमूल कंग्रेसमाथि धारिलो प्रहार गर्दै भनेका छन्, टीएमसी पनि त्यै वंशवादी तथा तानाशाही मानसिकताको प्रतीक हो जसले 1975 सालमा देशमा आपतकाल थोपेको थियो। उनले यो प्रतिक्रिया आपतकालमाथि टीएमसी सांसद तथा पूर्व पत्रकार सागरिका घोषले गरेको टिप्पणीमाथि गरेका हुन्।

मालवीयले बुधवार बिहान आफ्नो एक्स ह्याण्डलमा भने, टीएमसी सांसद सागरिका घोष आपतकालको पक्षमा बोल्नु अचम्भित पार्ने कुरा हो। उनले भने, टीएमसी त्यै वंशवादी तथा अधिनायकवादी सोचको शाखा हो जो असहमतिसित डराउँछ अनि अधिनतामा विश्वास राख्छ।

उनले आरोप लगाए, घोषले नियोजित ढंगमै आपतकालमा भएका केही महत्वपूर्ण घटनाहरूमाथि मौन बसेकी हुन्। मालवीय अनुसार घोषले यो बताइनन् कि 25 जून, 1975-मा इन्दिरा गान्धीद्वारा लगाइएको आपतकालपछि देशमा लोकतन्त्रको हत्या गरियो अनि नागरिक स्वतन्त्रताहरूलाई दमन गरियो।

पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बुधवार बिहान बयान जारी गरी 25 जूनलाई प्रत्येक वर्ष “संविधान हत्या दिवस”- को रूपमा मनाउने माग गरे। तथापि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले यस दिनलाई “संविधान हत्या दिवस”- को रूपमा मनाउनदेखि अस्वीकार गरिन्। उनले भनिन्, पश्चिम बंगालमा 25 जूनमा “संविधान हत्या दिवस” मनाइनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande