पश्चिम बंगालको स्कूलमा भिन्न-भिन्न धर्मका विद्यार्थीहरूलाई भिन्न-भिन्न मध्यान्ह भोजनको जाँच गर्ने आदेश
पश्चिम बंगालको स्कूलमा भिन्न-भिन्न धर्मका विद्यार्थीहरूलाई भिन्न-भिन्न मध्यान्ह भोजनको जाँच गर्ने आदेश


हुगली, 25 जून (हि.स.)। पूर्व बर्दवान जिल्लाको पूरबस्थली (1) ब्लकमा नसरतपुर ग्राम पञ्चायत अन्तर्गत किशोरीगञ्ज मनमोहनपुर प्राथमिक विद्यालयमा वर्षौंदेखिको अलग-अलग धर्मका विद्यार्थीहरूलाई अलग-अलग मध्यान्ह भोजन पकाएको अनि पस्किएको खबर सामु आएपछि जिल्ला प्रशासन मामिलाको जाँचमा जुटेको छ।

पूर्व बर्दवानकी जिल्ला म्याजिस्ट्रेट आयशा रानीले भनिन्, हामीले स्कूलमा जाँच दल पठाएका छौं। रिपोर्टको आधारमा कारबाही गरिनेछ। स्कूलका वर्तमान अधिकारी अनि खाना पकाउनेहरूको दाबी छ, यो व्यवस्था वर्ष 2000- देखि नै लागू भएको हो जतिबेला मध्यान्ह भोजन योजना भर्खरै शुरू गरिएको थियो।

उल्लेखनीय छ, यस स्कूलमा 72 जना विद्यार्थीहरू छन् जसमा 29 जना मुस्लिम र 43 जना हिन्दू छन्। वर्ष 2002-देखि 2022 सम्म सेवा पुऱ्याउने पूर्व प्रधानाध्यापक गोविन्दा भद्रले बताए, यो व्यवस्था योजना शुरू भएदेखि नै चल्दै आइरहेको छ। पहिला एकजना मात्र खाना पकाउने नियुक्त गरिएको थियो। एक समुदायले आपत्ति जनाएपछि दोस्रो समुदायको खाना पकाउनेलाई काममा राखियो। मैले यस प्रथालाई समाप्त गराउनको लागि प्रास गरेँ। ब्लक विकास अधिकारी तथा स्कूल निरीक्षकलाई पनि सूचित गरेँ। तर कुनै कारबाही गरिएन।

स्थानीय पञ्चायत नेताहरूले भने, उनीहरूलाई यस प्रथाको बारेमा जानकारी छैन। उनीहरूले ग्रामीणहरूसित कुरा गर्नेछन्।नसरतपुर ग्राम पञ्चायतका प्रधान कानन बर्मनले भने, हामीलाई यस सन्दर्भमा जानकारी दिइएको थिएन। अब हामीले थाहा पाएपछि अब बैठक गर्नेछौं अनि यस प्रथालाई बन्द गर्ने सुनिश्चित गर्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande