क्रामाकपाद्वारा मार्गरेट्स होप‌ चियाबारीका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
क्रामाकपाद्वारा मार्गरेट्स होप‌ चियाबारीका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण


सोनादा, 25 जून (हि.स.)। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) सोनादा जोनल 2 ले आज मार्गरेट्स होप‌ चियाबारीमा शहीद दिवस पालन गऱ्यो। मार्गरेट्स होपका 6 जना शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको कार्यक्रमको अध्यक्षता क्रामाकपा केन्द्रिय उपाध्यक्ष कमरेड बीएम राईले गरेको थियो।

उक्त कार्यक्रम मार्गरट्स होपको रशिक रंगमञ्चमा सम्पन्न भयो। सन् 1955 सालमा शान्तिपूर्ण जुलुसलाई दबाउन तत्कालीन बंगाल सरकारको पुलिसले बन्दुक हानेर हत्या गरी शहीद भएका शहीदहरुमा जीतमान तामाङ, पदमलाल कामी, मौली शोभा राईनी, अमृतमाया कामी, कान्छा सुनवार र काले सुब्बाको समाधिमा क्रामाकपा केन्द्रिय नेताहरु लगायत समर्थकहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गेर।

कार्यक्रममा पार्टी परामर्श समितिका अध्यक्ष, केन्द्रिय पार्टी अध्यक्ष जेबी राई, महासचिव नर्बु लामा, प्रवक्ता अरुण घतानी, केन्द्रिय नेता आरपी पाख्रीन, उपाध्यक्ष अर्जुन थापाले वक्तव्य राखेका थिए। तत्कालीन शहीदहरुको परिवारका सदस्यहरुलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande