सिलगढ़ी, 25 जून (हि.स.)। एनजेपी थाना अन्तर्गत सुकान्तापल्ली क्षेत्रस्थित एउटा घरमा भएको दुस्साहिक चोरीको घटनाले क्षेत्रवासीमा सन्त्राष फैलिएको छ। घटनाको सूचना पाएर बुधवार बिहान एनजेपी थानाको पुलिसले घटनास्थलमा पुगेर जाँच गरेको छ।
प्राप्त जानकारी अनुसार घटना घटेको राति घर मालिक सुनिल कुमार सिंह उनको परिवारका सदस्यहरू घरमै थिए। बुधवार बिहान उठ्दा उनीहरूले लकर भत्किएको, घरका सामानहरू यत्रतत्र छरिएको तथा केही मूल्यवान सामानहरू हराएको पाए।
परिवारको तर्फबाट बताइयो, लागभग साढ़े सातदेखि आठ लाख रुपियाँको सुनको गहना चोरी भएको छ। घर मालिक सुनिल अनुसार उनीहरूले केही पनि थाहा पाएनन्। चोरहरूले कुनै स्प्रे प्रयोग गरी परिवारका सदस्यहरूलाई बेहोश बनाएर घटनालाई परिणाम दिएका हुन्, किनभने घटना घट्दा उनीहरूले केही पनि थापा पाएनन्।
अर्कोतिर घटनाको सूचना पाएर एनजेपी थानाको पुलिस पीड़ितको घरमा पुग्यो। त्यसपछि वरपर क्षेत्रका सीसीटीभी फुटेजको पनि जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा