आपतकालको 50औं वर्षगाँठमा केन्द्रिय मन्त्री, मुख्यमन्त्री र दिल्ली भाजपा अध्यक्षले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे
आपतकालको 50औं वर्षगाँठमा केन्द्रिय मन्त्री, मुख्यमन्त्री र दिल्ली भाजपा अध्यक्षले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे


नयाँ दिल्ली, 25 जून (हि.स.)। केन्द्रिय मन्त्री मनोहर लाल खट्टर, मुख्यमन्त्री रेखा गुप्ता तथा दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले संयुक्त रूपमा बुधवार आपतकालको 50औं वर्षगाँठमा बुधवार कनट प्लेसस्थित सेन्ट्रल पार्कमा आयोजित विशेष प्रदर्शनीको उद्घाटन गरे। यस अवसरमा क्याबिनेट मन्त्री प्रवेश साहिब सिंह, आशिष सूद, कपिल मिश्रा, सांसद बाँसुरी स्वराज औ वरिष्ठ कार्यकर्ता उपस्थित थिए।

केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले कार्यक्रमलाई सम्बोधन गर्दै भने, 25 जून, 1975-मा भारतीय लोकतान्त्रिक इतिहासको सबैभन्दा कालो अध्याय हो जसको विभीषिकालाई राष्ट्रले कहिल्यै भुल्न सक्दैन। आजकै दिन सन् 1975सालमा तत्कालीन कंग्रेस सरकारले भारतीय संविधानमा निहित मूल्यहरूलाई किनाराकृत गरी मौलिक अधिकारहरूलाई निलन्बित गरिदिएको थियो।

उनले भने, रातो-रात आपतकाल थोपरेर कंग्रेसले यो साबित गरिदियो कि उसको लागि सत्ता सर्वोपरी हो, लोकतन्त्र र संविधान होइन। हाम्रो संविधानको भावनालाई खुल्ला रूपमा हनन गरेको घटनालाई कुनै पनि भारतीयले भुल्न सक्दैन। आज हामीले लोकतन्त्रको यात्राको लागि हरेक परिस्थितिको अडिग भएर सामना गर्ने संकल्प लिनुपर्छ ताकि यस्तो तानाशाहीको पुनरावृत्ति कहिल्यै नहोस्।

यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, यो प्रदर्शनी त्यस कालो अध्यायको सजीव स्मृति हो जतिबेला 1975 सालमा सत्ताको लोभमा कंग्रेस सरकारले संविधान, लोकतन्त्र अनि नागरिक अधिकारहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो।

उनले भनिन्, आज संविधान हत्या दिवसमा हामी ती सबै लोकतन्त्र सेनानीहरूलाई कतज्ञता अनि श्रद्धपूर्वक नमन गर्दछौं जसले जेलहरूको यातना सहेर, नागरिक स्वतन्त्रताहरूको हननविरूद्ध आवाज उठाए अनि आफ्नो जीवनलाई खोजिममा पारेर लोकतन्त्रको झिल्कालाई निभ्न दिएनन्।

मुख्यमन्त्रीले भनिन्, त्यो आन्दोलन राजनीति मात्र तिएन भारतको आत्मा रक्षाको संग्राम थियो। त्यसैले देशका जनताले कंग्रेसको तानाशाही मानसिकतालाई नकार्दै लोकतन्त्रलाई पुनर्स्थापना गरे।

दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदवाले भने, यस प्रदर्शनीको उदेश्य आजको नयाँ पिँढ़ीलाई यो बताउनु हो कि वर्ष 1975-मा आपतकाल अवधि कंग्रेसीहरूले देशमा कसरी दमन गरे, कसरी जनताको आवाजलाई दमन गरे अनि लोकतन्त्रलाई सत्ताको मातले चुर कंग्रेसीहरूले निर्दयतापूर्वक दबाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande