त्यसबेला देशलाई खाँचो थियो आपतकालको, भाजपालीहरूले आफ्नो मानसिक उपचार गराउन्ः अजीत शर्मा
त्यसबेला देशलाई खाँचो थियो आपतकालको, भाजपालीहरूले आफ्नो मानसिक उपचार गराउन्ः अजीत शर्मा


भागलपुर, 25 जून (हि.स.)। आपातकालको 50 औं वर्षगाँठमा भारतीय जनता पार्टी (भाजपा)-ले यसलाई संविधान हत्या दिवसको रूपमा मनाइरहेको छ। 50औं वर्षगाँंठमा बुधवार भागलपुरमा केही कार्यक्रमहरू पनि आयोजना गरिएको छ।

यसलाई लिएर भागलपुरबाट कंग्रेस विधायक अजीत शर्माले भने, जसले पनि यसप्रकारको निर्णय लियो उसले सबैभन्दा पहिला आफ्नो मानसिक स्थितिको उपचार गराउनुपर्छ। बुझ्नुपर्छ कि आपतकाल किन लगाइएको थियो। उनीहरूले इन्दिरा गान्धीको कुरा गर्छन्। कंग्रेस पार्टीको विरोध गर्छन्। बिहारमा उनीहरूको सरकार बन्दैन भन्ने डरले उनीहरूलाई सताइरहेको छ। त्यसैले यी सबै गरिरहेका छन्। उनीहरूले रोजगार, महँंगी, महिला सम्मान तथा स्वास्थ्यको कुरा गर्दैनन्। 50 वर्ष अगाड़िको आपतकालको कुरा गरिरहेका छन्।

उनले भने, इमरजेन्सी त्यसताक देशको लागि समयको माग थियो। मैले भाजपाका कतिपय नेताहरूलाई भन्दै गरेको सुनेको छु कि आपतकाल संविधानलाई ध्वस्त बनाउने कार्यक्रम थियो जुन एकदमै गलत हो। इन्दिरा गान्धीले पाकिस्तानमाथि अट्याक गरेर त्यसलाई दुई भाग-बंगलादेश र पाकिस्तान बनाइदिइन्। आजको स्थितिमा प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा आक्रमण गरिरहेको बेला ट्रम्पले एक शब्द बोल्दै आक्रमणलाई रोक्छन्। यसले भाजपालाई भ्रमित पार्ने प्रयास गरिरहेको छ।कंग्रेस पार्टीले भारतवर्षलाई स्वाधीन बनाउनुदेखि लिएर संविधानलाई बचाउनेसम्म काम गरेको छ। जनताले सबै बुझिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande