आबकारी विभागका सचिवले सल्लाहकार पन्तसॅंग भेट गरे
आबकारी विभागका सचिवले सल्लाहकार पन्तसॅंग भेट गरे


गान्तोक, 25 जून (हि.स.)। राज्य आबकारी विभागका नवनियुक्त सचिव जीवन सुब्बाले आज सल्लाहकार एवं विधायक बीएस पन्तलाई उनको कार्यालयमा भेट गरे। यस भेट अवधि सचिवले विभाग अधीनस्थ जारी विभिन्न कार्यक्रमहरूको जानकारी गराए। उनले आगामी वित्तीय वर्षमा कसरी राजस्व बढाउने भन्ने योजनाको बारेमा पनि सल्लाहकारलाई जानकारी गराए।

सल्लाहकार पन्तले खुशी व्यक्त गर्दै सचिवको विभागमा फलदायी बसाइ रहोस् र उनको विशाल ज्ञान र अनुभवबाट विभाग लाभान्वित होस् भनी कामना गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande