कालीगञ्जमा नाबालिकको हत्या मामिलामा मृतकाको घरमा पुग्यो फोरेन्सिक टीम
कालीगञ्जमा नाबालिकको हत्या मामिलामा मृतकाको घरमा पुग्यो फोरेन्सिक टीम


कोलकाता, 25 जून (हि. स.)। नदिया जिल्लाको कालीगञ्ज क्षेत्रमा भएको नाबालिकको हत्या मामिलामा बुधवार फोरेन्सिक विशेषज्ञहरूको एक टीम मृतकाको मुलानदीस्थित घरमा पुग्यो। टीमले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। घरको चारैतिर ब्यारिकेड गरिएको छ विशेष त्यस स्थानबाट नमूना एकत्र गरिँदैछ जहाँ मृतकाको शव भेटिएको थियो। घटनास्थलबाट विस्फोटक (बम)-को अवशेष र रगतको नमूना पनि जुटाइँदैछ।

घटनामा अहिलेसम्ममा 24 जना मानिसहरू विरूद्ध थानामा सिकायत दर्ता गरिएको छ जसमध्ये पाँचजनालाई पक्राउ गरिसकिएको छ।

स्मरण गराइन्छ, कालीगञ्ज उपचुनाउमा तृणमूल कंग्रेसको विजय जुलूस अवधि एक पीड़ादायी घटना घटेको थियो। त्यसपछि क्षेत्रमा लगातार विरोध प्रदर्शनहरू भइरहेका छन् भने वातावरण अत्यन्त तनाउपूर्ण भएको छ।

मृतक किशोरीकी आमास बिना बीबीको भनाइ छ, उनले आक्रमणकारीहरूलाई राम्ररी चिन्दछन् र आवश्यकता परे उनीहरूले सीबीआई जाँचको माग पनि गर्नेछन्। फोरेन्सिक टीमले जाँच गर्ने क्रममा मृतकाकी आमासित बातचित गरेर घटनाको सम्पूर्ण जानकारीको विवरण दर्ता गरायो।

अर्कोतिर पुलिसले उत्तर 24 परगना जिल्लाको बशिरहाटर मालंच रोडको पिफा क्षेत्रमा कंग्रेस कार्यकर्ताहरूले बाटो जाम गरेर विरोध प्रदर्शन गरे। कंग्रेस नेता कादर मण्डलकोअगुवाईमा सयकड़ौं कार्यकर्ताहरूले हातमा प्ला कार्ड लिएर आरोपीहरूलाई कड़ा सजाय दिने माग गरे।

प्रदर्शनकारीहरूको भनाइ छ, जसरी किशोरीको मृत्यु भयो, त्यो निन्दनीय छ र अहिलेसम्म सबै आरोपीहरूलाई पक्राउ पनि गरिएको छैन जसले प्रशासनिक लापरवाहीलाई दर्शाउँछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande