जीन्द, 25 जून (हि.स.)। पटियाला चौक स्थित जोगेन्द्र नगरमा मंगलवार अबेर साझँ गलीमा बसेको युवकको एक व्यक्तिले चक्कू घोपेर हत्या गऱ्यो। हत्या गरेपछि आऱोपी व्यक्ति घटनास्थलबाट भाग्यो। घटनाको सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो र स्थितिको जायजा लियो। मृतकका परिजनहरूले भने, आरोपीको छोरा पनि आपराधिक मामिलामा जेलमा बन्द छ।
मृतक युवकको 13 दिन अगाड़ी मात्र बिहे भएको थियो। बुधवार भारी संख्यामा कोलोनीवासी अस्पताल पुगे। पुलिसले हत्या सहित विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरेको छ। शहरको जोगेन्द्र नगर निवासी (24) वर्षीय साहिल मंगलवार साझँ गलीमा बसेको थियो। सोही अवधि कोलोनीकै अनिल कुमार त्यहाँ आयो र साहिलको पेटमा चक्कू घोप्ने प्रयास गऱ्यो तर साहिल माथि उफ्रिँदा चक्कु उसको तिघ्रामा लाग्यो र गम्भीर रूपमा घाइते भयो।
साहिल चिच्याउँदा परिवारका सदस्यहरू घटनास्थलमा पुगे औं उसलाई नागरिक अस्पतालमा भर्ती गराइयो। जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। मृतकको पिता साहब सिंहले भने, उसको कसैसित कुनै शत्रुता थिएन। आरोपी अनिलले अचानक गलीमा बसेको साहिलमाथि चक्कुले हमला गरेपछि चक्कु हल्लाउँदै त्यहाँबाट भाग्यो। घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो। पुलिस टीमले आरोपीलाई पक्राउ गर्न छापा मारिरहेको छ। शहर थाना प्रभारी मनीषले बताए, युवकको चक्कू घोपेर हत्या गरिएको छ। अहिले परिवारको बयान दर्ता गरिँदैछ र अहिलेसम्म परिजनले शत्रुताको कुनै कारण बताएका छैनन्। हमला गर्ने आरोपीको खोज जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी