रिसर्ट्सविरूद्ध वन विभागले जारी गऱ्यो नोटिस
रिसर्ट्सविरूद्ध वन विभागले जारी गऱ्यो नोटिस


सिलगढ़ी, 25 जून (हि.स.)। सिलगढ़ी संलग्न डाबग्राम रेञ्ज अन्तर्गत बैकुण्ठपुर जंगलमा अवस्थित रिसर्ट्सविरूद्ध वन विभागले नोटिस जारी गरेको छ। भनिन्छ, रिसर्ट्सविरूद्ध केही सिकायतहरू हात लागेपछि यो कदम उठाइएको हो। बुधवार रेञ्जर राजकुमार पालले स्वयं आफ्नो टीमसित रिसर्ट्समा पुगेर सबैलाई नोटिस सुम्पिइए।

वास्तवमा बैकुण्ठपुर जंगलमा अवस्थित रिसर्ट्सविरूद्ध जंगलमा मैला-कुचैला फालेको, तीव्र आवाजमा संगीत बजाएको, हाई पावर लाइट प्रयोग गरेको जस्ता गम्भीर आरोपहरू लागेको छ। पर्यावरणविद्हरूको आरोप छ, यसबाट पर्यावरण अनि वन्य जीवनहरूको सामान्य जीवनमाथि प्रभाव परिरहेको छ। त्यसैले डाबग्राम रेञ्जले सबै रिसर्टलाई नोटिस जारी गरेको छ।

यस सम्बन्धमा बैकुण्ठपुर रेञ्जका रेञ्जर राजकुमार पालले भने, रिसर्ट्सविरद्ध धेरैवटा सिकायतहरू आइरहेको थियो। यी सिकायतहरूको आधारमै रिसर्ट्सविरूद्ध नोटिस जारी गरिएको हो। यदि रिसोर्टले उक्त नोटिसको सही अनुपालन गरेन भने कानून अनुरूप कड़ा कारबाही गरिनेछ। यसको साथै यसमाथि पनि ध्यान दिइनेछ, राती कुनै पनि पर्यटक रिसर्ट्देखि बाहिर नजाओस्-नआओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande