टिटागढ़ विस्फोट मामिलामा एनआईए जाँचको माग, हाई कोर्टमा याचिका दर्ता
टिटागढ़ विस्फोट मामिलामा एनआईए जाँचको माग, हाई कोर्टमा याचिका दर्ता


कोलकाता, 25 जून (हि.स.)। टिटागढ़मा भएको विस्फोटको मामिलामा राष्ट्रिय जाँच एजेन्सी (एनआईए) मार्फत जाँच गराउने माग उठेको छ। यस सम्बन्धमा बुधवार कलकत्ता हाई कोर्टमा एक याचिका दर्ता गरियो जसमाथि बिहीवार सुनवाई हुने सम्भावना छ।

विस्फोटको मामिलालाई गम्भीर मान्दै अधिवक्ता सूर्यनील दासले कलकत्ता हाई कोर्टको ध्यान आकर्षण गराए। उनले भने, स्थानीय पुलिसबाट जाँच गराइयो भने साँचो कुरा प्रकाशमा आउने सम्भावना न्यून छ, त्यसैले केन्द्रिय एजेन्सी एनआईएबाट निष्पक्ष जाँच गराउनुपर्छ।

घटना गत 19 मईमा टिटागढ़को बाँसबगान क्षेत्रमा भएको थियो जतिबेला एक बहुतले भवनमा भयानक विस्फोट भयो। विस्फोट शक्तिशाली भएको कारणले भवनको भित्ता भत्कियो, नजिकै एउटा घरको टिनको छानो उड़्यो। मामिलाको जाँच गर्ने क्रममा पुलिसले स्थानीय पार्षद अरमान मण्डल उपनाम मोहम्मद रियाजुद्दीन समेत अरशद खान औ मोहम्मद शाहरूखलाई पक्राउ गरेको छ। पार्षदमाथि यो पनि आरोप छ, उनले विवादित फ्ल्याटमा बलजफ्ती कब्जा गरेका थिए।

घटनाको परिप्रेक्ष्यमा भाजपा नेता अर्जुन सिंहले भने, यसलाई विस्फोट मात्र बताएर यसको गम्भीरतालाई बेवास्ता गर्न सकिँदैन। उनले बताए, घटनास्थल नजिक क्यान्टोनमेन्ट एरिया छ जसबाट सुरक्षा सम्बन्धि पक्ष अझ महत्वपूर्ण हुन्छ। उनले आरोप लगाए, राज्य पुलिसले मात्र जाँच गऱ्यो भने मामिलालाई दबाउने चेष्टा गर्नसक्छ। अर्जुन सिंहले स्पष्ट रूपमा एनआईएबाट जाँच गराउने माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande