हिमाचलमा बादल फाटेर विध्वंस, काँगड़ामा दुईवटा शव उद्धार, छःजना बेपत्ता, घना वर्षाको चेताउनी जारी
हिमाचलमा बादल फाटेर विध्वंस, काँगड़ामा दुईवटा शव उद्धार, छःजना बेपत्ता, घना वर्षाको चेताउनी जारी


शिमला, 26 जून (हि.स.)। हिमाचल प्रदेशमा मनसुनको पहिलो तीव्र वर्षाले व्यापक क्षति पुऱ्याएको छ। बितेको 24 घण्टाभित्रमा कुल्लू र काँगड़ा जिल्लामा बादल फाटेर अचानक आएको बाढ़ीले जनजीवन पूर्ण रूपले प्रभावित भएको छ। भारी वर्षाको कारणले पैह्रो, सड़कहरू बन्द तथा बिजुली आपूर्ति बाधित भएको छ। मौसम विभागले आगामी 24 घण्टाको लागि अझ बढ़ी सतर्कता अप्नाउने चेताउनी दिएको छ।

काँगड़ा जिल्लाको धर्मशाला क्षेत्रस्थित मनुनी खड्डमा गए बुधवार साँझ आएको बाढ़ीमा धेरैजना श्रमिकहरू बगे। अहिलेसम्ममा दुईजनाको मात्र शव भेटिएको छ भने अन्य छःजना बेपत्ता भएका छन्। बेपत्ता श्रमिकहरूमा दुईजना उत्तर प्रदेशको र तीनजना नूरपुरको अनि एकजना चम्बाको रहेको बताइएको छ। यिनीहरूको खोजीमा एनडीआरएफ, एसडीआरएफ औ पुलिसका टीमहरू लागिपरेका छन्। राहत एवं बचाउ कार्य तीव्र गतिमा जारी छ भने जिल्ला प्रशासनले स्वयं घटनास्थलको निगरानी गरिरहेको छ।

प्रशासनले संवेदनशील क्षेत्रहरूमा चेताउनी जारी गरी मानिसहरूलाई सतर्क रहने अपी गरेको छ। निर्माणाधिन हाइड्रो प्रोजेक्टमा कार्यरत अन्य श्रमिकहरूलाई सुरक्षित बाहिर निकालिएको छ। उपायुक्त काँगड़ाले भ्रामक अफवाहहरूमा ध्यान नदिने अपील गरेका छन्।

अर्कोतिर कुल्लूको बंजार एव सैंज क्षेत्रमा पनि बुधवार बादल फाटेर तीनजनालाई बगाएको छ। क्षेत्रमा केही वाहन, स-साना पुल अनि बिजुली परियोजनालाई पनि क्षति पुऱ्याएको छ। बाहंग क्षेत्रमा तीनवटा पसललाई बगाएको छ भने नेशनल हाईवे-3 मा यातायात अस्थायी रूपमा बाधित भएको थियो जसलाई अब बहाल गरिएको छ।

जनजातीय जिल्ला लाहौल-स्पीतिको स्थिति अहिलेघरि सामान्य छ, तर काज़ा-सुमदो र दारचा-शिंकुला सड़क मार्गमा बाढ़ी तथा पैह्रो गएको कारणले आवागमन बाधित भएको छ। बीआरओ यी मार्गहरूलाई बहाल गर्नमा जुटेको छ।

प्रदेशभरि नै अहिलेसम्ममा 171 वटा सड़कहरू पैह्रो अनि जलभराउको कारणले बन्द छन्। 550भन्दा अधिक बिजुली ट्रान्सफर्मर ठप्प भएकोले ग्रामीण क्षेत्रहरूमा बिजुलीको संकट गहिरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande