
गाजोलडोबा, 26 जून (हि. स.)। गाजोलडोबामा छह वटा फुड कोर्टहरूको उद्घाटन भएको छ। गाजोलडोबा विकास प्राधिकरण (जीडीए)-का उपाध्यक्ष तथा राजगञ्जका विधायक खगेश्वर रायले बिहीवार यसको उद्घाटन गरे। यस अवसरमा उपभोक्ताहरूलाई खगेश्वर रायले आफ्नो हातबाट फुड कोर्टहरूको चाबी पनि सुम्पिदिए।
उल्लेखनीय छ, जीडीएद्वारा क्रान्ति ब्लक अन्तर्गत गाजोलडोबा संलग्न क्षेत्रमा लगभग 90 लाख रुपियाँको लागतमा छह वटा फुड कोर्ट निर्माण गरिएको थियो। यी फुड कोर्टहरूलाई लटरीको माध्यमबाट छह जना उपभोक्ताहरूलाई सुम्पिइयो।
खगेश्वर रायले भने, जीडीएद्वारा लगभग 90 लाख रुपियाँको लागतमा निर्मित उक्त छह वटा स्टललाई छह जना उपभोक्ताहरूलाई सुम्पिइएको छ। यसबाट मानिसहरूलाई आयको साधन मात्र उपलब्ध भएको छैन जबकि गाजोलडोबा आउने पर्यटकहरूले पनि विभिन्न व्यञ्जनहरूको स्वाद लिने अवसर पाउनेछन्। यस दिन मालबजारका म्याजिस्ट्रेट शुभम कु्ण्डल सहित अरिन्दम ब्यानर्जी, ललित राय, सुब्रत विश्वास एवं अन्य उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा