
गान्तोक, 26 जून (हि.स.)। विद्या भारती सिक्किम प्रान्तले कालेबुङ जिल्लाको कागेस्थित देवका सरस्वती शिशु मन्दिरलाई एउटा कम्प्यूटर प्रदान गरेको छ। विद्या भारतीको तादोङस्थित प्रान्त कार्यालयमा बुधवार विद्यालयका प्रधानाचार्य तेजेन्द्र नेपाललाई कम्प्यूटर प्रदान गरियो। यस अवसरमा विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा लगायत विद्यालयका आचार्य पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल