एयर इण्डियाको वैंकुवर-दिल्ली विमान कोलकातादेखि उड़ेको 25 मिनटभित्रै फर्कियो, यात्रीको स्वास्थ्य कारणले गरियो आपत अवतरण
air india


कोलकाता, 27 जून (हि. स.)। वैंकुवरदेखि दिल्ली गइरहेको एयर इण्डियाको एक अन्तर्राष्ट्रिय विमान कोलकातादेखि उड़ेको 25 मिनटभित्रै फर्कियो जतिबेला एकजना यात्रीको स्वास्थ्य अचानक बिग्रियो। एयर इण्डियाका एकजना अधिकारीले शुक्रवार यस आशय बारे जानकारी गराए।

यो उड़ान संख्या एआई 186 थियो जनु वैंकुवरदेखि कोलकाता हुँदै दिल्ली गइरहेको थियो। विमानमा 162 जना यात्री अनि क्रु सदस्य सवार थिए। यसलाई कोलकातामा रोक्नुको एक तकनिकी कारण छ जुन अहिलेघरि पाकिस्तानको हवाई क्षेत्र बन्द भएकोले सृजित भू-राजनीतिक स्थितिले गर्दा केही अन्तर्राष्ट्रिय विमानहरूले मार्ग परिवर्तन गरेको कारणले आवश्यक भएको छ।

कोलकाताबाट उड़ेको 25 मिनटपछि विमानलाई फर्किनु पऱ्यो। एयर इण्डियाका अधिकारीले बताए, विमान गए साँझ 6:20 बजे नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डाबाट उड़ेको थियो, तर एकजना यात्रीको स्वास्थ्य बिग्रिएपछि यसलाई सतर्कताको रूपमा पुनः बोलाइयो। विमान साँझ सात बजेपछि कोलकाता हवाईअड्डामा सुरक्षित उत्रियो।

एयर इण्डियाका प्रवक्ता अनुसार अस्वस्थ्य यात्रीलाई तत्काल चिकित्सकीय सहायता उपलब्ध गराउनको लागि पाइलटहरूले ल्याण्डिंग अगावै डाक्टर अनि एम्बुलेन्सको व्यवस्था गर्ने अनुरोध गरे। बिमार यात्रीलाई उत्रिनसाथ राती 8:30 बजे फ्लाइट मार्फत कोलकातादेखि दिल्ली प्रस्थान गराआइयो। त्यसपछि राती लगभग 11:45 बजे दिल्ली हवाईअड्डामा फ्लाइट सुरक्षित अवतरण भयो।

प्रवक्ताले बताएका छन्, एयर इण्डियाद्वारा यस घटनासित सम्बन्धित सबै प्रोटोकलको पालन गरियो अनि बिमार यात्रीलाई समयमै चिकित्सा सहायता प्रदान गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande