पटना, 27 जून (हि.स.)। भ्रष्टाचार औ कालो धनको विरोधमा कारवाही गर्दै आर्थिक अपराध एकाई (ईओयू)-ले शुक्रवार बिहान राज्य खाद्य निगममा पदस्थ लेखपाल राजेश कुमारका छःवटा ठेगानाहरूमा एकसाथ छापामारीको कारबाही गऱ्यो। राजेश कुमार वर्तमानमा मोतिहारीमा पदस्थ छन्।
आयभन्दा अधिक 201.94 प्रतिशत सम्पत्ति आर्जन गरेको मामिलामा ईओयूले राजेश कुमारविरूद्ध मामिला दर्ता गरेको छ। जाँचमा यो पाइयो, उनले आफ्नो ज्ञात वैध श्रोतहरूभन्दा कैयौं गुणा अधिक सम्पत्ति आर्जन गरेका छन्। छापामारीको यो कारबाही पटना, मोतिहारी, मुजफ्फरपुर र हाजीपुरमा भएको जसमा उनको आवास, पैतृक घर, आफन्तहरूको घर तथा अन्य संदिग्घ सम्पत्तिहरू सामेल छन्। छापामारी अवधि केही दस्तावेज, इलेक्ट्रनिक डिभाइस तथा संदिग्ध लेनदेनसित सम्बन्धित कागजपत्र जफ्त गरिएको छ।
ईओयूका एकजना वरिष्ठ अधिकारीले बताए, प्रारम्भिक जाँचमा यो संकेत प्राप्त भएको छ कि राजेश कुमारले लेन-देन, अचल सम्पत्तिमा निवेश तथा केही जाली खाताहरूको माध्यमबाट कालो धनलाई वैध बनाउने चेष्टा गरेका छन्। यस अतिरिक्त उनका केही निकटवर्ती आफन्तहरूको नाममा पनि सम्पत्ति पाइएको छ। खोजी अभियान अहिले पनि जारी छ। सम्पत्ति अनि दस्तावेजहरूको विस्तृत जाँच गरिँदैछ। खोजी कार्य सिद्धिएपछि मात्र सम्पत्तिको सठिक मूल्यांकन अनि विस्तृत जानकारी साझा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा