हल्द्वानी, 27 जून (हि.स.)। रामनगरमा दश लाख रुपियाँको धोकाधड़ी गर्ने आरोपीको घर बाहिर बुजुर्ग दम्पति धरनामा बसे। घटनाको सूचना पाए लगत्तै पुलिस उपाधीक्षक घटनास्थलमा पुगे अनि धनराशि फिर्ता दिलाउने भरोसा दिलाए। त्यसपछि दम्पतिले धरना समाप्त गरे।
बिपिन विहार कोटद्वार रोड निवासी 85 वर्षीय गिरीश चन्द्र नैनवल और उनकी पत्नी 80 वर्षीय नन्दी देवी कानियास्थित एउटा घर बाहिर धरनामा बसे। बुजुर्गले बताए, उनीहरूको छोरा प्रकाश केनियामा बस्छन्। वर्ष 2014-मा उसको सालोले दश वर्षमा चार गुणा रुपियाँ बनाइदिने प्रलोभन देखाएर उनीहरूको दशलाखरुपियाँलिएको थियो। रुपियाँ दिएको दश वर्ष बितेर फिर्ता माग्दा उसले अढ़ाई-अढ़ाई लाख रुपियाँको कम्पनी बण्ड देखाउँदै भन्न थाल्यो, कम्पनी डुबिसकेको छ र अब मसित केही पनि छैन।
यसको सिकायत गत मार्च महिनामा बुजुर्ग दम्पतिले कुमाऊँ कमिश्नरसित गरेका थिए। त्यसपछि मामिलाको जाँच सीओ रामनगरले गरिरहेका छन्, तर अहिलेसम्म कुनै कारबाही भएको छैन। सीओ सुमित पाण्डेले बताए, बुजुर्ग दम्पतिबाट दश लाख रुपियाँ लिएर चार गुणा बनाइदिने प्रलोभन देखाएको थियो। यस मामिलाको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा