कोलकाता, 27 जून (हि.स.)। आज शुभ रथयात्राको दिन दक्षिण बंगालको मौसममा ठूलो परिवर्तन देख्न पाइने अनुमान छ, किनभने बंगालको खाड़ीमा निर्मित निम्न दबावको कारणले सम्पर्ण क्षेत्रमा वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। मौसम विभागले जानकारी दिएको छ, शुक्रवादेखि आगामी मंगलवारसम्म दक्षिण बंगालका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ भने कतिपय क्षेत्रहरूमा घना वर्षाको जोखिम छ।
कोलकातामा बिहानदेखिक बादल लागेको छ। मौसम नम भएको छ। वर्तमान तापमान लगभग 28 डिग्री सेल्सियस छ। अधिकतम तापमान लगभग 32 डिग्री सेल्सियससम्म पुग्नसक्छ। न्यूनतम तापमान लगभग 27 डिग्री सेल्सियस रहने आशा छ। आंशिक रूपमा बादल लागिरहनेछ, अपरान्हदेखि रोकिँदै पानी पर्नसक्छ।
अलिपुर मौसम विभाग अनुसार शुक्रवार पुरुलिया, बाँकुड़ा, पश्चिम बर्धमान पूर्व औ पश्चिम मेदिनीपुर तथा झाड़ग्राम जिल्लामा पनि घना वर्षा हुने सम्भावना छ। यहाँ 7-देखि 11 सेन्टीमीटरसम्म वर्षा हुनसक्छ जसलाई ध्यानमा राखेर यी क्षेत्रहरूको लागि यल्लो अलर्ट जारी गरिएको छ।
वर्षासँगसँगै दक्षिण बंगालका कतिपय भागहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा पनि चल्नसक्छ। मौसम विभागले बताएको छ, शनिवार पनि यस्तै स्थिति कायम रहनसक्छ। आइतवारदेखि वर्षाको तीव्रता केही घट्नसक्छ, तर मंगलवारसम्म मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना यथावत रहनेछ।
कोलकाता हावड़ा उत्तर औ दक्षिण 24 परगना, नदिया, मुर्शिदाबाद, बीरभूम र पूर्व बर्धमान जस्ता जिल्लाहरूमा पनि बिजुली चम्किनको साथै वर्षा हुनसक्छ। शनिवार र आइतवार यी जिल्लाहरूमा पनि मौसमको स्वरूप फेरिनसक्छ।
उत्तर बंगालको कुरा गर्नु हो भने रथयात्राको दिन यहाँ घना वर्षा हुने सम्भावना छैन। कुनै पनि जिल्लाको निम्ति कुनै प्रकारको चेताउनी जारी गरिएको छैन, यद्यपि सबै जिल्लाहरूमा मेघको गर्जना सहित हल्का पानी पर्नसक्छ। तापमानमा हाल कुनै प्रकारको परिवर्तन देखिनेछैन। शनिवार र आइतवार कालेबुङ, दार्जीलिङ, अलिपुरद्वार, कुचबिहार अनि जलपाईगुड़ीमा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा