समस्तीपुर, 27 जून (हि.स.)। भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो)- सित जोड़िएको स्पेस एप्लीकेशन सेन्टर (एसएसी)-ले डा.राजेन्द्र प्रसाद केन्द्रिय कृषि विश्वविद्यालय, पूसामा एक उच्च-रिजोल्यूशन एडी कोभरियन्स (ईसी) टावर स्थापना गर्ने भएको छ।
यस पहलको उदेश्य कृषि एवं जलवायु अध्ययनको लागि उच्च गुणस्तरीय फ्लक्स डेटासेन उत्पन्न गर्नु अनि वैज्ञानिक अनुसन्धानलाई प्रेरित गर्नु रहेको छ जसले वर्तमान अनि भविष्यको अन्तरिक्ष आधारित कृषि मिशनहरूलाई समर्थन गर्नेछ।
यसको उदेश्य कार्बन औ जल प्रवाहको निगरानी गर्नु हो। कार्बन एवं जल प्रवाहको निगरानीमा यसले वैज्ञानिक तथा तकनिकी सहयोगी अनुसन्धानलाई सशक्त बनाउँछ। फसल उत्पादकताको अनुमान लगाउन एवं भूमि-वायुमण्डल अन्तःक्रिया अध्ययनको लागि डेटा उत्पन्न गर्नेछ।
ईसी टावरबाट उत्पन्न डेटाको प्रयोग धेरै कुरामा गर्न सकिन्छ। यसले ग्रास प्राथमिक उत्पादकता (जीपीपी) औ शुद्ध प्राथमिक उत्पादकता (एनपीपी) विश्लेषणको काम गर्नेछ। जीपीपी र एनपीपीको विश्लेषणको लागि उच्च आवृत्ति तथा सठीक डेटा दिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा