जमीनलाई लिएर गतिरोध समाप्त, खिदिरपुरमा मेट्रो स्टेशन निर्माण गर्ने बाटो खोलियो
जमीनलाई लिएर गतिरोध समाप्त, खिदिरपुरमा मेट्रो स्टेशन निर्माण गर्ने बाटो खोलियो


कोलकाता, 27 जून (हि.स.)। कोलकाता मेट्रो परियोजनासित सम्बन्धित जमीनको मुद्दा अन्ततः सुल्झियो। जोका-एस्प्लानेड मेट्रो रूटको खिदिरपुरमा नयाँ स्टेशन बनाउनको लागि राज्य सरकारले हरियो झण्डी देखाएको छ। तर यो सँगसँगै राज्यको पक्षबाट मेट्रो निर्माणसित सम्बन्धित एजेन्सीलाई केही शर्तहरू पालन गर्न भनिएको छ।

कोलकाता नगरनिगमका आयुक्त धवल जैनले रेल विकास निगम लिमिटेडलाई पत्राचार गरी सूचित गरे, अलिपुर बडीगार्ड लाइन्सभित्र अस्थायी रूपमा 1707 वर्ग मीटर भूमिलाई मेट्रो निर्माण कार्यको लागि उपलब्ध गराइँदैछ।

सरकारले स्पष्ट पारेको छ, निर्माण कार्य अवधि अलिपुर बडीगार्ड लाइन्सको कुनै पनि ढाँचालाई नोक्सान पुऱ्याउनु हुँदैन। कार्य पूरा भएपछि यो अस्थायी भूमिलाई सठिक ढंगमा फर्काउनुपर्छ।

यस अतिरिक्त 837 वर्ग मीटर भूमिलाई स्थायी रूपमा खिदिरपुर स्टेशनको लागि आवन्टन गरिएको छ। यस कामको लागि कतिपय स्थानहरूबाट सीवेजको पाइपलाइनलाई हटाइएको छ जसलाई परियोजना पूरा भएपछि पुनः मूल स्थानमा स्थापित गरिनेछ।

नगरनिगमको एउटा महत्वपूर्ण शर्त यो पनि छ, डायमण्ड हार्बर रोडलाई चौड़ादार गरियोस् ताकि भविष्यमा ट्राफिकको कुनै समस्या नहोस्। पत्रमा अझ लेखिएको छ, यदि रेल विकास निगमले यी सबै शर्तहरूलाई पालन गरे नगरनिगमले कुनै अड़चन उत्पन्न गर्नेछैन।

यस निर्णयपछि खिदिरपुर मेट्रो स्टेशनको निर्माणमा बाटो स्पष्ट भएको छ जसबाट दक्षिण कोलकाताका मानिसहरूलाई मेट्रोको सुविधाको लाभ मिल्ने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande