सड़क दुर्घटनामा चालकको मृत्यु
सड़क दुर्घटनामा चालकको मृत्यु


सिलगढ़ी, 27 जून (हि.स)। सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो। दुर्घटना फुलबाड़ीको जियागञ्ज संलग्न क्षेत्रमा शुक्रवार भोर बिहान भएको हो। खबर लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन। प्राप्त जानकारी अनुसार एउटा द्रूत गतिको मालवाहक ट्रेलरसित दूधको ट्यांकर ठोक्कियो। ठक्करपछि दूधको ट्यांकरको क्याबिन पूर्ण रूपले क्षतिग्रस्त भयो जसले गर्दा वाहन चालक क्याबिनभित्रै फस्यो।

सूचना पाएर एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि कड़ा परिश्रम गरेर चालकलाई गम्भीर घाइते अवस्थामा क्याबिन बाहिर निकाल्यो। तर त्यसबेलासम्ममा चालकको मृत्यु भइसकेको थियो। पुलिसले शवलाई मेडिकल कलेज एवं अस्पतालमा पठाएर जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande