कोलकाता, 27 जून (हि.स.)। समुद्र किनारमा अवस्थित पश्चिम बंगालको प्रसिद्ध पर्यटन स्थल दिघामा शुक्रवार ऐतिहासिक पलको साक्षी बन्न गइरहेको छ। यहाँ अवस्थित नवनिर्मित जगन्नाथ मन्दिरबाट पहिलो पटक भव्य रथयात्राको आयोजन गरिँदैछ। रथयात्राको तयारी गए बिहीवार आधा रातदेखि नै शुरू भएको थियो। राती 11:30 बजे मन्दिर परिसरको सात नम्बर गेटबाट जगन्नाथ, बलराम र सुभद्राका सुसज्जित रथहरूको पहिलो झलक देख्न पाइयो।
मुख्यमन्त्री ममता ब्यनर्जी स्वयं दुई दिनपूर्व नै दिघा आइपुगेकी छन् ताकि यस प्रथम रथयात्रामा भाग लिन सकुन्। मुख्यमन्त्रीले जानकारी दिएकी छन्, शुक्रवार बिहान 9:30 बजेदेखि विशेष पूजा-अर्चना सहित यस रथयात्रा शुरू भयो। पूजा सम्पन्न भएपछि तीनै देवताहरूको विधिवत स्थापना रथहरूमा गरियो।
मुख्यमन्त्री अनुसार शुक्रवार अपरान्ह 2:30 बजे रथको डोरी तानिनेछ यसैबाट रथयात्राको औपचारिक शुभारम्भ हुनेछ। पुरीमा जस्तै हुबहु आयोजित यस रथयात्रालाई हेर्नका लागि देशभरिबाटै श्रद्धालुहरू दिघा आएका छन्। रथ तान्ने व्यवस्था यसरी गरिएको छ जसमा आम मानिसहरूले पनि भाग लिन सकुन्। यसको लागि रथ कतिपय स्थानहरूमा रोकिनेछ जहाँ डोरीहरूलाई ब्यारिकेडको नजिकमा लगिनेछ ताकि मानिसहरूलाई त्यसलाई छुन सकुन्।
रथयात्रालाई लिएर सम्पूर्ण दिघामा सुरक्षाको विशेष व्यवस्था गरिएको छ। बाटोका दुवै किनारमा ब्यारिकेड लगाइएको छ ताकि भीड़ नियन्त्रणमा रहोस् र कुनै प्रकारको अव्यवस्था नहोस्। आयोजकहरूले भरोसा दिलाएका छन्, श्रद्धालुहरूले सुरक्षित तथा शान्तिपूर्ण वातावरणमा रथयात्राको आनन्द उठाउन सकुन्।
यो रथयात्रा धार्मिक आस्थाको प्रतीक मात्र नभएर यसले समुद्र तटीय शहर दिघालाई सांस्कृतिक रूपमा नयाँ पहिचान पनि दिलाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा