सोनीपतमा ईडीको महत्वपूर्ण कारबाहीः मनी लण्ड्रिंगमा 294.19 करोड़ जफ्त
सोनीपतमा ईडीको महत्वपूर्ण कारबाहीः मनी लण्ड्रिंगमा 294.19 करोड़ जफ्त


सोनीपत, 28 जून (हि.स.)। सोनीपत लगायत हरियाणाको सन स्टार ओभरसीज लिमिटेडमाथि प्रवर्तन निदेशालय (ईडी)-ले मनी लण्ड्रिंगको मामिलामा ठूलो कारबाही गरेको छ। यस आशयको जानकारी ईडीले आफ्नो एक्स अकाउण्टमा पोस्ट गरेको छ। कम्पनी एवं यसका पूर्व निदेशकहरूमाथि 950 करोड़ रुपियाँको ब्यांक धोकाधड़ीको आरोप लागेको छ।

ईडीले 294.19 करोड़ रुपियाँको सम्पत्ति जफ्त गरेको छ जसमा सोनीपत, गुरुग्राम, अमृतसरमा अवस्थित 72 एकड़ कृषि भूमि, दिल्लीमा रहेका दुईवटा भव्य घर, करनालको चारवटा फ्ल्याट, ब्यांक ब्यालेन्स एवं फिक्स्ड डिपोजिट सामेल छान्।

सीबीआई र ईडीको जांचमा पत्तो लागेको छ, निदेशक रोहित, मनिक र सुमित अग्रवालले ब्यांकबाट 950 करोड़ रुपियाँ ऋण लिए अनि नियोजित रूपमा ऋण चुकाएनन्। ईडीले जाँचमा पायो, शेल कम्पनी उमैजा इन्फ्राकन एलएलपीले 1274.14 करोड़ रुपियाँ दाबी गर्ने कम्पनीलाई मात्र 196 करोड़ रुपियाँमा हासिल गऱ्यो जुन कम्पनी अजय यादवद्वारा संचालित थियो जुन एउटा देखावटी फर्म थियो।

पछिल्लो जनवरी महिनामा भएको छापामारीमा अजय यादव, राकेश गुलाटी र परमजीतलाई पक्राउ गरिएको थियो। यिनीहरूमाथि आरोप छ, यिनीहरूले दिवाला प्रक्रिया-को दुरूपयोग गरी कम्पनीमाथि दोस्रो पटक कब्जा गर्न अनि ऋण राशिलाई नक्कली कम्पनीहरूको माध्यमबाट डायभर्ट गर्ने षड़यन्त्र रचे। जाँचमा सामु आएको छ, नेशनल कम्पनीले ल ट्रिब्युनलको प्रक्रियालाई सच्चाएर यस धोकाधड़ीलाई परिणाम दियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande