राज्यपालले राज्यवासीहरूमा असार 15 को हार्दिक शुभकामना व्यक्त गरे
om prakash mathur


गान्तोक, 29 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले असार 15 को पावन अवसरमा सम्पूर्ण नागरिकहरूमा आफ्नो हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपाल माथुरले आज जारी आफ्नो सन्देशमा भने, आजको दिन हाम्रा कृषक बन्धुहरूको अथक परिश्रम, समर्पण र धरतीसॅंग उनीहरूका गहिरो सम्बन्धलाई सम्मानित गर्ने अवसर हो। यो अवसरले खेतहरूमा रोपाई गरेर अन्न उत्पादनका साथै सांस्कृतिक एकतालाई पनि दर्साउॅंछ। यस पावन अवसरमा सबैलाई हार्दिक शुभकामना।

राज्यपालले आज जब हामी आधुनिकतातिर अग्रसर भइरहेको अवस्थामा सिक्किमले आफ्ना परम्पराहरूलाई जोगाएर पर्यावरणसॅंग सामंजस्य कायम राखेको बताएका छन्। राज्यपालले भने, असार 15 का दिन कृषकहरू धान रोपाईमा व्यस्त रहन्छन्, उनीहरूले अथक परिश्रम गर्छन् र हर्षोल्लासका साथ गीत-सङ्गीत र नाच-गानका साथ खेतहरूमा काम गर्छन्। यस दिन दही चिउरा खाने परम्परा पनि पालन गरिन्छ, जसलाई कृषकहरूले उल्लासपूर्वक मनाउॅंछन्।

राज्यपालले सम्पूर्ण कृषक समुदायलाई नमन गर्दै सिक्किमको हरियाली, जैविक समृद्धि र सांस्कृतिक गरिमा यसरी नै कायम रहोस् भनी कामना गरेका छन्। उनले सबैमा सुख र समृद्धि एवं उत्तम स्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande