कस्बाकाण्डमा तृणमूलभित्र कलह, सांसद कल्याण ब्यानर्जीको खस्रो बयानबाट पार्टी असहज स्थितिमा
कस्बाकाण्डमा तृणमूलभित्र कलह, सांसद कल्याण ब्यानर्जीको खस्रो बयानबाट पार्टी असहज स्थितिमा


कोलकाता, 29 जून (हि.स.)। दक्षिण कोलकाताको कस्बा ल कलेजमा छात्रासित भएको ग्यांगरेपको घटनापछि तृणमूल कंग्रेसभित्र खुल्ला विरोध भइरहेको स्पष्ट देखिँदैछ। पार्टीका वरिष्ठ सांसद कल्याण ब्यानर्जीले यस मामिलामा अत्यन्तै खस्रो बयान दिएर पार्टी नेतृत्वलाई कठघरामा उभ्याएका छन्। उनको बयानदेखि पार्टी टाँड़िन खोज्दा उनले एक्स (पूर्व ट्विटर)-मा सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै पार्टीको विरोधमा मोर्चा खोले।

बितेको शनिवार एक कार्यक्रममा बोल्दै कल्याण ब्यानर्जीले भनेका थिए,लज्जा लाग्छ! यतिका दिनसम्म पार्टीमा छु, तर बुझ्न सकिरहेको छुइनँ कि यस्त विकृत मानसिकता भएका मानिसहरू हाम्रो पार्टीमा किन छन्? यस्तो घृणित अपराध गर्नेलाई पार्टीबाट निष्कासित गरिदिनुपर्छ।

कल्याणको उक्त बयान पश्चात तृणमूल कंग्रेसको तर्फबाट पार्टीको आधिकारिक एक्स ह्याण्डलमा एक औपचारिक बयान जारी गरी भनियो, सांसद कल्याण ब्यनर्जी र विधायक मदन मित्राको बयान उनीहरूको व्यक्तिगत विचार हो। पार्टी उनीहरूको बयानसित पूर्ण रूपमा असहमत छ।

पार्टीको यस्तो स्पष्टीकरणपछि कल्याण ब्यानर्जीले शनिवार राती नै एक्समा चर्को प्रतिक्रिया व्यक्त गर्दै लेखे, म तृणमूल कंग्रेसद्वारा गरिएको यस पोस्टसित पूर्ण रूपमा असहमत छु, किनभने उनीहरूले परोक्ष रूपमा ती नेताहरूलाई समर्थन गरिरहेका छन् जसले यी अपराधीहरूलाई बचाइरहेका छन्?

उनले अझ लेख, अकादमिक बयान दिएर मात्र केही हुनेवाला छैन जबसम्म प्रत्यक्ष रूपमा जिम्मेवार नेताहरूविरूद्ध तत्काल काबाही हुँदैन। सबैभन्दा दुःखको कुरा के छ भने वर्ष 2011 पछि आएका नेताहरूमध्ये केही नेताहरूमाथि मात्र यस्तो अपराधमा सामेल रहेको आरोप छ। म स्पष्ट रूपमा आफूलाई ती नेताहरूदेखि टाड़ा राख्छु जसले अपराधीहरूलाई संरक्षण दिन्छन् वा उनीहरूलाई समर्थन गर्दछन्। उनले भने, मेरा विचारहरूलाई बुझ्नका लागि एक नैतिक र बौद्धिक बुझाईको आवश्यकता पर्छ जुन दुर्भाग्यवश अहिले विलीन भएर गएको देखिन्छ।

वास्तवमा गत बुधवार साँझ कस्बा ल कलेजमा छात्रालाई गार्ड रूममा बन्धक बनाएर उसित दुष्कर्म गरिएको आरोप सामु आएको छ। पीड़िता स्वयं पनि सत्तासिन छात्र संगठनसित जोड़िएको बताइन्छ। यस मामिलामा पुलिसले तृणमूल समर्थक छात्र नेता औ वकिल मनोजीत मिश्रा, कलेजका दुईजना छात्र जैब अहमद र प्रमित मुखर्जी तथा सुरक्षा गार्डलाई पक्राउ गरेको छ।

तृणमूल विधायक मदन मित्राले पनि घटनामाथि प्रतिक्रिया व्यक्त गर्दै भनेका थिए, छात्रा त्यहाँ जान हुँदैनथ्यो। कसैलाई बताएर वा साथीलाई लिएर जानुपर्थ्यो। उनको यस बयानलाई 'भिक्टिम ब्लेमिंग' मानियो अनि चौतर्फी आलोचना भयो।

राजनीतिक विश्लेषकहरू अनुसार यो विवाद एक आपराधिक मामिलासम्म मात्र सीमित छैन जबकि यसले तृणमूलभित्र चलिरहेको नयाँ बनाम पुराना नेताहरूको संघर्ष तर्फ संकेत गर्दछ। कल्याण ब्यनर्जी जस्ता पुराना नेताहरू मान्दछन् कि वर्ष 2011 पछि पार्टीमा आएका मानिसहर अनुशासनहीन, भ्रष्ट र अवसरवादी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande