गान्तोक, 29 जून (हि.स.)। सिक्किम सरकारको स्वास्थ्य विभागले कथित आयुषमान भारत योजना (पीएमजेएवाई) अन्तर्गत दिनमा केवल 16 सय रूपियॉंको मात्र औषधि र उपचार गराउने नियम बनाएकोमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले पनि आफ्नो प्रतिक्रिया दिएको छ।
एसडीएफ प्रचार प्रसार महासचिव जूडी राईद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'केन्द्र सरकारको आयुषमान भारत योजना अन्तर्गत 70 वर्षमाथिका बुजुर्गहरू र गरीबी रेखामुनिका आम मानिसहरूलाई 5 लाखसम्मको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजनालाई लिएर अहिले फेरि सिक्किमको स्वास्थ्य विभागले दिनमा केवल 16 सय रुपियाँको मात्र औषधि र उपचार गराउने नियम बनाएकोमा एसडीएफ पार्टी सरकारको यस कदमको निन्दा गर्दछ।'
एसडीएफ पार्टीले विशेषगरी आयुषमान भारत स्वास्थ्य सेवा योजना सन्दर्भमा केन्द्र सरकारद्वारा सोझै देखरेख गरियोस् भनी आग्रह गरेको छ। यसैगरी, एसडीएफले राज्य सरकारलाई सिक्किमको स्वास्थ्य सेवामा आएका त्रुटी र कमजोरीहरूमाथि बिना पूर्वाग्रह समीक्षा गर्न सुझाउ पनि राखेको छ।
उल्लेखनीय छ, भाजपा सिक्किमले हिजो आयुषमान भारत योजना अन्तर्गत दिनमा केवल 16 सय रूपियॉंको मात्र औषधि र उपचार गराउने स्वास्थ्य विभागले नियम बनाएकोमा कुरा प्रकाशमा ल्याएको थियो। प्रदेश भाजपाले यसलाई आयुषमान भारत योजनाको दिशानिर्देश विरुद्ध बताउॅंदै कडा आपत्ति जनाएको थियो।
हिन्दुस्थान समाचार / बिशाल