पुलिस हिरासतबाट दुई पशु चोर भागे, खोजीमा जुट्यो पुलिस
पुलिस हिरासतबाट दुई पशु चोर भागे, खोजीमा जुट्यो पुलिस


मोरीगाउँ(असम), 03 जून (हि.स.)। पुलिसकोविफलताको फलस्वरूप मायंगमा पुलिस हिरासतबाटै दुईजना पशु चोरहरू भागे। चोरहरू भागेको जानकारी पाएपछि ग्रामीणहरूले रोष व्यक्त गरेका छन्। घटनापछि गए रातीदेखि मंगलवार बिहानसम्मै मायंग पुलिसले विभिन्न क्षेत्रमा चोरहरूलाई समात्नको लागि छापामारी अभियान जारी राख्यो। तर कुनै सफलता हात लागेन।

पुलिस हिरासतबाट भागेका पशु चोरहरूको पहिचान मायंग थाना अन्तर्गत कुसियानी निवासी आसादु र मुसरफको रूपमा भएको छ। वर्तमानमा चोरहरूको कुनै सुइँको पाइएको छैन। गत एक जूनकको मध्यराती मायंगको बरकुरानीमा पशु चोर्न आएका चोरहरूलाई ग्रामीणहरूले समातेका थिए। पछि दुवैलाई कुटपिट गरेपछि पुलिसलाई सुम्पिइएको थियो। तथापि घटनास्थलबाट चारजना चोरहरू भाग्न सफल भए।

पुलिसले गतसाेमवारचोरहरूलाईमोरीगाउँकोअदालतमापेश गरेको थियो जहाँबाट अदालतले दुवै चोरलाई दुई दिनको पुलिस रिमाण्डमा पठाइदिएको थियो। चोरहरूलाई अदालतबाट लिएर फर्किँदा अँध्यारो भएको थियो। यसबीच पुलिस थानादेखि केही टाड़ा कुसियानी गाउँ पुग्दा-नपुग्दा चोरहरूले मौका छोपेर भागे। चोरहरूलाई समात्नको लागि पुलिसले रातभरि गाउँमा अभियान संचालन गऱ्यो, तर सफल भएन। यस घटनालाई लिएर विभिन्न प्रश्नहरू उठिरहेका छन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande