भूपेन हजारिकामाथि लेखिएको पुस्तक 23 भाषामा अनुवादित हुनेछ- मुख्यमन्त्री
भूपेन हजारिकामाथि लेखिएको पुस्तक 23 भाषामा अनुवादित हुनेछ- मुख्यमन्त्री


गुवाहाटी, 04 जून (हि.स.)। भारतको जनसाधारणका प्रिय गायक एवं सांस्कृतिक दूत डा. भूपेन हजारिकामाथि लेखिएको एक विशेष पुस्तकलाई 23 भारतीय भाषामा अऩुवाद गरिनेछ। यो पुस्तक लेखिका अनुराधा शर्मा पुजारीद्वारा लेखिसकिएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार लोक सेवा भवनमा आय़ोजित केन्द्रिय आयोजन समितिको पहिलो बैठकमा भाग लिएपछि संवाददाता सम्मेलनलाई सम्बोधित गर्दै यो जानकारी दिए।

उनले भऩे, यो पुस्तक देशका चार लाखभन्दा धेरै विश्वविद्यालयहरू, महाविद्यालयहरू र पुस्तकालयहरू सहित विभिन्न संस्थानहरूलाई पठाइनेछ। यसका साथै राज्यका 10 लाख मानिससम्म यो पुस्तक पुऱ्याइनेछ ताकि डा. हजारिकाको जीवन, कार्य़ र योगदानलाई नयाँ पीढ़ीसम्म पुऱ्याउन सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande