सड़क दुर्घटनामा बिस्कुट व्यवसायीको मृत्यु
सड़क दुर्घटनामा बिस्कुट व्यवसायीको मृत्यु


नदिया, 05 जून (हि.स.)। जिल्लाको कल्याणीमा हरिनघाटा थाना अन्तर्गत नागरुखरा पुलिस चौकीको निमतला चौरस्तामा बिहीवार अपरान्ह भएको सड़क दुर्घटनामा एकजना बिस्कुट व्यापारीको दश चक्के वाहनले कुल्चिएर मृत्यु भयो।

पुलिस सूत्र अनुसार मृत युवको पहिचान गोपाल नगर थाना अन्तर्गत नाहटा शेरपुर क्षेत्रका निवासी दीपांकर सरकार (33)-को रूपमा भएको छ। दीपांकर अन्य दिन सरह बिहीवार पनि काममा गएका थिए। निमतला चौरस्ताको एउटा पसलमा बिस्कुट पुऱ्याएपछि तिनी अर्को पसलमा गइरहेका थिए।

यसै क्रममा पछिबाट आएको लरीले तिनलाई ठक्कर दियो जसले गर्दा तिनी सड़कमा लड़े। यसै अवधि लरीको चक्काले तिनलाई कुल्चियो। घटनालाई देखिरहेका स्थानीय मानिसहरू घटनास्थलमा पुगे। यसको सूचना हरिनघाटा थाना अन्तर्गत नागरूखरा पुलिस चौकीलाई दिइयो। त्यसपछि पुलिसले घटनास्थलमा पुगेर घाइते दीपांकरलाई हरिनघाटा ग्रामीण अस्पतालमा पुऱ्यायो जहाँ ड्यूटीमा तैनाथ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

पुलिसले घातक लरीलाई जफ्त गरेको छ। तथापि लरी चालक भाग्न सफल भयो। घटनापछि क्षेत्रमा तनाउ व्याप्त भयो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande