
गान्तोक, 06 जून (हि.स.)। एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा तथा क्षेत्र विधायक मदन सिन्चुरीको पहलमा सालघारी जुम निर्वाचन क्षेत्र आजदेखि एसकेएम पार्टीको वार्ड स्तरीय कमिटी गठन अभियान शुरू गरेको छ। आज डोकसिङ घुमाउने अप्पर माबोङ अनि लोवर माबोङ वार्डको निम्ति वार्ड स्तरीय कमिटी गठन गरिएको छ।
आजको यस कार्यक्रममा क्षेत्र विधायक तथा सल्लाहकार मदन सिन्चुरी, सिक्किम राज्य ब्याङ्कका सल्लाहकार बिरेनचन्द्र राई, सीएलसी अध्यक्ष राजेश राई, युवा संयोजक खगेन्द्र राई, पार्टी कार्यकर्ता तथा स्थानीय जनता उपस्थिति रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल