
-माँ आनन्दमाई मार्ग मेट्रो स्टेशनदेखि तुगलकाबाद रेलवे कलोनीसम्म मेट्रो स्टेशनको सुरूंग तयार
नयाँ दिल्ली, 7 जून (हि.स.)। दिल्ली मेट्रोले माँ आनन्दमाई मार्ग मेट्रो स्टेशनदेखि तुगलकाबाद रेलवे कलोनी मेट्रो स्टेशनसम्म 792 मीटर भूमिगत सुरूंग बनाउने काम पूरा गरेको छ। परिवहन मन्त्री पंकज कुमार सिंह शनिवार तुगलकाबाद-एयरपोर्ट गोल्डन लाइनको ब्रेक-थ्रू कार्यक्रम अवधि रेलवे कलोनी स्टेशन स्थलमा सम्पन्न भएको टनल बोरिंग मशिनको सफलताको अवसरमा उपस्थित रहे।
मन्त्री पंकज कुमार सिंहले यस अवधि पत्रकारहरूसित कुराकानी गर्दै भने, दिल्लीमा भाजपा सरकार आएपछि मेट्रोको काममा तीव्रता आएको छ। पछिल्लो सरकारका कमी-कमजोरीहरूको कारणले मेट्रोको योजनामा भएको विलम्बले अब गति समातेको छ। यो उपलब्धि दिल्ली मेट्रो रेल करोपोरेशनका इञ्जीनियर एवं तकनीशियनहरूको अथक मिहेनत अनि श्रेष्ठ इञ्जीनियरिंग कौशलको प्रमाण हो।
उनले यसलाी दिल्लीका नागरिकहरूलाई श्रेष्ठ, सहज तथा सुरक्षित परिवहन सुविधा प्रदान गर्ने दिशामा एउटा ठूलो कदम बताएका छन्। उनले यस सराहनीय कार्यमा योगदान दिने सबै इञ्जीनियर, तकनीशियन औ श्रमिकहरूलाई हृदयबाटै बधाई अनि शुभकामना दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा