सिक्किम सरकारको सक्रियतामा छातेनबाट 28 जना उद्धार
सिक्किम सरकारको सक्रियतामा छातेनबाट 28 जना उद्धार


पाकिम, 07 जून (हि.स.)। उत्तर सिक्किममा फसेका स्थानीय मानिसहरू, पर्यटक ट्याक्सी चालकहरू र सरकारी अधिकारीहरूको तत्काल अनुरोधको प्रतिक्रियामा राज्य सरकारले हेलीकप्टरको व्यवस्था मिलाएपछि 28 जनालाई छातेनबाट सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा तीन जना नाबालिग पनि सामेल छन्।

उत्तर सिक्किमको छातेनमा फसेका स्थानीय मानिसहरू, पर्यटक ट्याक्सी चालकहरू र सरकारी कर्मचारीहरूले सिक्किम सरकार समक्ष उद्धारको निम्ति अनुरोध गरेका थिए। राज्य सरकारले पनि क्षेत्रमा फसेका मानिसहरूको तत्काल उद्धारको निम्ति सक्रियता अपनाउॅंदै एउटा विशेष हेलीकप्टरको व्यवस्था गऱ्यो। आइतवार बिहान भारतीय वायु सेनाको हेलीकप्टर पाकिम ग्रीनफिल्ड हवाईअड्डाबाट छातेनको निम्ति प्रस्थान भयो।

हेलीकप्टरले छातेनबाट 28 जना लिएर पाकिम ग्रीनफिल्ड हवाईअड्डा फर्किएको छ। राज्य सरकारले प्रभावित क्षेत्रहरूमा सबै नागरिक र पर्यटकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

उल्लेखनीय छ, भारी वर्षापछि आएको पैह्रोका कारण उत्तर सिक्किमका कतिपय क्षेत्रहरूमा पहुँच अवरुद्ध भएको छ। सडक मार्ग भएर आवागमन अहिले बन्द भएकाले स्थानीय मानिसहरूले ठूलो समस्या झेल्नु परिरहेको छ। केही समयअघि उत्तर सिक्किममा फसेका हजारौंको संख्यामा पर्यटकहरूहरूको उद्धारको निम्ति राज्य सरकारले अभियान चलाएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande