दिल्लीमा नौ वर्षीय बालिकाको दुष्कर्मपछि हत्या गरियो
दिल्लीमा नौ वर्षीय बालिकाको दुष्कर्मपछि हत्या गरियो


नयाँदिल्ली, 8 जून (हि.स.)। उत्तर पूर्वी जिल्लाकोदयालपुरक्षेत्रमा 9 वर्षीय बालिकाको दुष्कर्मपछि हत्या गरेको मामिला सामु आएको छ। मृतक बालिकाको शव छिमेकीको बन्द घरमा सुटकेसभित्र भेटियो। पलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि जीटीबी असपतालको शवगृहमा सुरक्षित रखाएको छ। साथै दुष्कर्म अनि हत्याको मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ। पुलिसको भनाइ छ, पुलिसका टीमहरू गठन गरेर आरोपीलाई खोजिँदैछ।

उत्तर-पूर्वी दिल्लीकाडीसीपी आशिष मिश्राले बताए, गए शनिवार राती लगभग8:41 बजे दयालपुर पुलिस स्टेशनलाईनेहरू विहारमा9वर्षीय बालिकाको बलात्कार गरी हत्या गरिएको सूचना प्राप्त भयो। तुरून्त पुलिस घटनास्थलमा पुग्यो। तर त्यसबेलासम्ममा पीड़ितालाई जग चन्द्र अस्पतालमा लगिसकिएको थियो। त्यहाँ पुग्दा पुलिसलाई थाहा लाग्यो कि पीड़ितालाई डाक्टरहरूले मृत घोषित गरिसकेका छन्।

डीसीपीले अझ बताए, डाक्टरहरूले प्रारम्भिक जाँचमा पीड़िताको अनुहारमा चोटको निशान देखे अनि यौन उत्पीड़न भएको आशंका व्यक्त गरे। क्राइम अनि फोरेन्सिक साइन्स लेब्रोटरी (एफएसएल)-का टीमहरूले घटनास्थलको निरीक्षण गरेरहेका छन्। आरोपीलाई चाँड़ै पक्राउ गर्नका लागि टीमहरूले सुइँको लगाइरहेका छन्। साथै घटनास्थल वरपरका सीसीटीभी क्यामराको फुटेजको पनि जाँच गरिँदैछ।

मृत बालिकाका पिताले बताए, उनकी छोरी गए शनिवार साँझ आफ्नो काकाको घरमा बरफ ल्याउन गएकी थिई। अबेरसम्म पनि घरमा नफर्किएपछि उनीहरूले खोज्न शुरू गरे। पछि थाहा लाग्यो कि छोरी काकाको घरमा पुगेकै छैन।गल्लीमा खेलिरहेका अन्य बाल-बालिकाहरूलाई सोध्दा बालिका एउटा घरमा गएको थाहा लाग्यो। त्यहाँ पुग्दा घरमा ताला झुण्डाइएको थियो जसलाई भत्काएर भित्र पसियो।

यहाँ एउटा सुटकेस थियो जसबाट रगत निक्लिरहेको थियो। त्यसलाई खोलेर हेर्दा बालिकालाई अचेत अवस्थामा भेटियो। त्यसपछि उसलाई हतार-हातर अस्पतालमा लगियो। घटनापछि क्षेत्रका मानिसहरूमा रोष व्याप्त भएको छ। मानिसहरूको भनाइ छ, आरोपीलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गरियोस्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande