बुनियादपुरमा पिउने पानीको संकट, ट्यांकरबाट गरिँदैछ जलापूर्ति
बुनियादपुरमा पिउने पानीको संकट, ट्यांकरबाट गरिँदैछ जलापूर्ति


दक्षिण दिनाजपुर, 8 जून (हि.स.)। बुनियादपुर नगरपालिकाको वार्ड नम्बर- 14 मा पिउने पानीको संकट व्याप्त भएको छ। आरोप छ, अहिलेसम्म पनि सबै वार्डहरूमा पीएचईको कल पुगेको छैन। कल पुगे पनि पानी पुगेको छैन। बुनियादपुर बस स्ट्याण्ड नजिक चारवटा वार्डहरूमा मात्र पीएचईको पानी आपूर्ति भइरहेको छ।

शहरवासीहरू अनुसार शहरको मिर्जादपुर क्षेत्रमा पीएचईको रिजर्भर छ। त्यहाँबाट शहरका नारायणपुर, रंगापुकुर, गभर्नमेन्टकॉलोनी, सेलिमाबाद, हल्दी, मिर्जादपुर क्षेत्रको हरेक घरमा पिउने पानीको कल पुगेको छ। तर अधिकांश कलहरूमा पानी आएको छैन। नगगरपालिकाको मार्क-2 ट्यूबवेल पनि बेकार भइसकेको छ। त्यसैले अहिलेघरि नगरपालिकालाई दिनहुँ 14 वटा वार्डहरूमा पानीको ट्यांकर पठाउन परिरहेको छ।

नगरपालिका प्रशासक कमल सरकारले भने, शहरमा पानीको समस्या छ। सेवालाई सामान्य बनाउनको लागि हामीले वार्डहरूमा पिउने पानीको ट्यांकर पठाइरहेका छौं। नगरपालिका अनि शहरी विकास विभागको सहयोगमा अमृत(2) परियोजना अन्तर्गत आवन्टित 55 करोड़ रुपियाँबाट नगरपालिकाले शहरका 14 वटा वार्डहरूमा पाइप पेयजल सेवा प्रदान गर्नेछ।

नगरपालिका अधिकारीहरूले वित्तीय वर्ष 2025-26 भित्रमा उक्त परियोजनालाई पूरा गर्ने लक्ष्य राखेका छन्। नगरपालिका प्रशासकले भने, शहरमा अमृत (2) परियोजनाको काम शुरू हुनेछ। यसको लागि 55 करोड़ रुपियाँ आवन्टन गरिएको छ। यथाशीघ्र काम शुरू हुनेछ। आगामी वर्षदेखिको पिउने पानीको समस्या हुनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande