सीमा सुरक्षालाई लिेएर महत्वपूर्ण फसेला, बीएसएफलाई जमीन हस्तान्तरण गर्ने प्रक्रियामा तीव्रता
सीमा सुरक्षालाई लिेएर महत्वपूर्ण फसेला, बीएसएफलाई जमीन हस्तान्तरण गर्ने प्रक्रियामा तीव्रता


कोलकाता, 08 जून (हि. स.)। बंगलादेश सीमानामा सुरक्षा बढ़ाउनको लागि पश्चिम बंगाल सरकारले महत्वपूर्ण कदम उठाएको छ। राज्य सरकारले सीमा सुरक्षा बल (बीएसएफ)-लाई यथाशीघ्र जमीन सुम्पिने प्रक्रिया शुरू गरेको छ। यसान्तर्गत 356 एकड़ जमीन बीएसएपलाई सुम्पिइनुछ ताकि ती क्षेत्रहरूमा तारबन्दीको कार्यलाई द्रूत गतिमा अगाड़ि बढ़ाउन सकियोस् जहाँ अहिलेसम्म कुनै प्रकारको फेन्सिंग गरिएको छैन।

राज्य सचिवालय 'नवान्न'-बाट कुचबिहार, मालदा, मुर्शिदाबाद, उत्तर औ दक्षिण 24 परगना तथा नदिया जस्ता जिल्लाहरूका जिल्लाधिकारीहरूलाई यस सम्बन्धमा निर्देश पठाइसकिएको छ। भनिन्छ, पछिल्लो हप्ता केन्द्र र राज्य सरकारका वरिष्ठ अधिकारीहरूबीच सम्पन्न एक उच्चस्तरीय बैठकमा सो फसेला लिइएको हो।

केन्द्र सरकारले पहिला नै राज्यलाई बीएसएफको लागि जमीन अधिग्रहण गर्ने राशि उपलब्ध गराइसकेको छ। 680 एकड़ जमीनमध्ये 324 एकड़लाई पहिला नै हस्तान्तरण गरिसकिएको छ। अब रहेको 356 एकड़ जमीनलाई चाँड़ सुम्पिने प्रक्रिया शुरू गरिएको छ।

बीएसएफको लागि फेन्सिंग नभएको बोर्डर प्वोइन्ट पछिल्लो लामो समयदेखिकै चिन्ताको विषय बन्दै आएको छ। यी मार्गहरूबाट अवैध अनुप्रवेशमा व्यापक वृद्धि भएको छ। गुप्तचरबाट प्राप्त इनपुट अनुसार जमात-उल-मुजाहिदीन बंगलादेश, हिज़्ब-उत-तहरिर तथा अन्सारुल्लाह बंगला टीम जस्ता कट्टरपन्थी संगठनहरूले यही मार्ग भएर अनुप्रवेश गरी राज्यमा स्लीपर सेल स्थापना गर्ने प्रयास गरिरहेका छन्।

राज्य सरकारको यस सक्रिय पहललाई सीमावर्ती क्षेत्रहरूको सुरक्षाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande