स्कूलहरूमा पानीको ट्यांकी सफा नगरिनु विद्यार्थीहरूको स्वास्थ्यको निम्ति हानिकारक, अभिभावकहरू चिन्तित
स्कूलहरूमा पानीको ट्यांकी सफा नगरिनु विद्यार्थीहरूको स्वास्थ्यको निम्ति हानिकारक, अभिभावकहरू चिन्तित


मालदह, 08 जून (हि. स.)। जिल्लाका सबै प्राथमिक विद्यालयहरू एक महिनाको अवकाशपछि पुनः खोलिएका छन्। तर कतिपय स्कूलहरूमा पिउने पानीको ट्याङ्की सफा नगरिएकोले अभिभावकहरूको पक्षबाट प्रश्न उठाइँदैछ। उनीहरूको आरोप छ, बितेको एक महिनादेखिको स्कूल बन्द रहेकोले पिउने पानीका ट्यांकीहरूमा फोहोर-मैला जमिएको छ।

पानीका पाइपहरूमा लेउ लागिसकेको छ। त्यै पानीलाई सफा नगरी पिउनु स्वास्थ्यको लागि हानिकारक छ। त्यो पानी पिउनाले विभिन्न प्रकारको रोग तथा ब्याक्टीरियाको संक्रण हुनसक्छ।

अभिभावकहरूको माग छ, स्कूल प्रशासनले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तत्काल ध्यान देओस्। बहरमपुर सदरको पश्चिम सर्कलका स्कूलहरूका निरीक्षक सुभाशिष देले भने, अभिभावकहरूको तर्क सही हो। सर्कलका सबै स्कूलहरूलाई पिउने पानीको ट्याङ्की सफा गर्ने निर्देश पठाइँदैछ। एक-दुई दिनभित्रमा ट्यांकी अनि पाइपको सफाई कार्यलाई पूरा गर्ने निर्देश दिइँदैछ।

सबै स्कूलहरूमा गत 29 मईमा ग्रीष्मकालीन अवकाश घोषणा गरिएको थियो। गत 2 जूनदेखि सबै स्कूलहरूमा कक्षा शुरू भएको छ। कक्षाहरू सहित स्कूल परिसरको सर-सफाई गरियो, तर केही स्कूलहरूमा पिउने पानीको ट्यांकी र पाइपलाइनको सफाई नगरिएको सिकायत प्राप्त भएको छ।

सदर पश्चिम सर्किलका तेजपाल लोहिया जीएसएफपी स्कूलका एकजना अभिभावकले भने, मलाई स्कूलको पढ़ाईलाई लिएर कुनै प्रकारको सिकायत छैन। तर शिक्षकहरूको स्वास्थ्यमाथि ध्यान दिनुपर्छ। स्कूल अधिकारीहरूले ग्रीष्मकालीन अवकाशपछि पिउने पानीको ट्यांकी सफाई गराउनुपर्थ्यो। हामी तुरून्त यसलाई सफा गराउने माग गर्दछौं।

मनिन्द्रनगर क्षेेत्रका अभिभावक अचिन्त्य साहाले भने, एक महिना बन्द रहेपछि स्कूल खोलिएको छ। तर स्कूल खोलिनअघि शिक्षकहरूले यस कुरालाी ध्यानमा राख्नुपर्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande