मुख्यमन्त्रीले मन्त्री लिम्बूलाई दिए जन्मदिनको बधाई
मुख्यमन्त्रीले मन्त्री लिम्बूलाई दिए जन्मदिनको बधाई


गान्तोक, 07 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम सरकारको भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बूलाई जन्मदिनको हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी सन्देशमा मन्त्री भीमहाङ लिम्बूलाई जन्मदिनको हार्दिक बधाई दिॅंदै जनताप्रतिको उनको समर्पण र सेवाको सराहना गरेका छन्। मुख्यमन्त्रीले मन्त्री लिम्बूको सुस्वास्थ्य र आगामी धेरै वर्षसम्म इमान्दारी, दूरदर्शिता र करुणाका साथ नेतृत्व गर्न निरन्तर ज्ञान प्राप्त होस् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande