छातेनमा फसेका मानिसहरूको अनुरोधमा राज्य सरकारद्वारा विशेष हेलीकप्टरको व्यवस्था
छातेनमा फसेका मानिसहरूको अनुरोधमा राज्य सरकारद्वारा विशेष हेलीकप्टरको व्यवस्था


पाकिम, 07 जून (हि.स.)। उत्तर सिक्किमको छातेनमा कार्यरत केही सरकारी अधिकारीहरू, फसेका स्थानीय मानिसहरू र ट्याक्सी चालकहरूको अनुरोधमा ​आज सिक्किम सरकारले आज उनीहरूको तत्काल उद्धारको निम्ति विशेष हेलीकप्टरको व्यवस्था गऱ्यो।

हालैका प्रतिकूल परिस्थितिहरूले सामान्य सडक सम्पर्क र यस क्षेत्रमा पहुँच अवरुद्ध भएपछि सञ्चालन भइरहेको समन्वयित राहत एवं उद्धार प्रयासको एक भागको रूपमा यो अभियान चलाइएको थियो।

पाकिम ग्रीनफिल्ड हवाईअड्डाबाट आज बि​हान हेलीकप्टर उडान शुरु भयो र उद्धार प्रक्रियाको निम्ति उत्तर सिक्किमको छातेनतर्फ प्रस्थान भयो। राज्य सरकारले प्रभावित क्षेत्रका सबै नागरिकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande