गान्तोक, 07 जून (हि.स.)। सिक्किम पुलिसले गोर्खा सेवा सेनाको सिक्किम राज्य संयोजक नोएल शर्मालाई पनि पक्राउ गरेको छ। यस अघि सिक्किम पुलिसले हिजो कालेबुङबाट गोर्खा सेवा सेनाका नेता सुभाषमणि सिंह र दार्जिलिङबाट विक्रमादी राईलाई पक्राउ गरेको थियो।
उल्लेखनीय छ, सिक्किम सरकारको गृह विभागले हिजो, 6 जूनका दिन गोर्खा सेवा सेनाका बिक्रमादी राई, सुभाषमणि सिंह र नोएल शर्मा विरुद्ध गान्तोकको सदर थानामा प्राथमिकी दर्ता गरेको छ। उनीहरूमाथि तथ्यहरूको गलत प्रस्तुति, सिक्किम सरकारको आधिरिक लोगो र सिक्किमको 50औं राज्य स्थापनाको थीम गैर कानूनी रूपमा प्रयोग गरेको आरोप पनि छ।
स्मरण रहोस्, गोर्खा सेवा सेनाले सिक्किम दार्जिलिङ एकीकरणको निम्ति आवाज उठाउॅंदै आइरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल