गुवाहाटी, 8 जून (हि.स.)। आसन्न राज्यसभा चुनाउको लागि असम गण परिषद (अगप)-ले आफ्नो उम्मेद्वारको नाम घोषणा गरेको छ। आइतवार पार्टीको आधिकारिक सूत्रले बतायो, आमबारीस्थित पार्टी मुख्यालयमा आयोजित एक महत्वपूर्ण बैठकपछि वरिष्ठ नेताहरूले बीरेन्द्र प्रसाद बैश्यलाई पार्टी प्रत्याशीको रूपमा नामांकित गर्ने घोषणा गरे।
असम गण परिषदले एक बयानको माध्यमबाट सूचित गरेको छ, आगामी 19 जूनमा हुने राज्यसभा चुनाउको लागि वरिष्ठ नेता बैश्लाई उम्मेद्वार बनाइएको छ। यद्यपि पार्टीले उनलाई एक विशेष शर्त अन्तर्गत उम्मेद्वार बनाएको छ। शर्तानुसार बैश्यले दुई वर्षपछि यो सीटलाई पार्टीका अन्य कुनै नेताको लागि छोड़्नुपर्छ।
यस महत्वपूर्ण बैठकमा अगप अध्यक्ष अनि मन्त्री अतुल बोरा, कार्यकारी अध्यक्ष एवं मन्त्री केशव महन्त, सांसद तथा वरिष्ठ नेता फणिभूषण चौधरी सहित अन्य धेरैजना वरिष्ठ पदाधिकारी पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा