कोलकाता, 9 जून (हि.स.)। सोमवारदेखि पश्चिम बंगाल विधानसभाको मनसुन सत्र शुरू भएको छ। यसमा अपरेशन सिन्दूरलाई लिएर एक विशेष प्रस्ताव ल्याइनेछ, तर राज्य सरकारद्वारा ल्याइने यस प्रस्तावमा अपरेशन सिन्दूरको उल्लेख गरिएको छैन जसलाई लिएर भारतीय जनता पार्टीले तीव्र आपत्ति व्यक्त गरेको छ।
यो प्रस्ताव जम्मू-कश्मीरको पहलगाममा गत 22 अप्रेलमा भएको आतंकवादी हमलामा मारिएका 26 जना पर्यटकहरूको निन्दा अनि भारतीय सशस्त्र बलहरूको जवफी कारबाहीको सारहना गर्ने उदेश्यले ल्याइनुछ।
यो प्रस्तावलाई मंगलवार दुई घण्टाको चर्चाको लागि विधानसभामा पेश गरिनेछ जसको रूपरेखा विधानसभाको बिजनेस एडभाइजरी कमिटीको बैठकमा तय गरिएको थियो। तर ड्राफ्टमा ‘अपरेशन सिन्दूर’- को उल्लेख गरिएन जसबाट भाजपा विधायक दल असन्तुष्ट भएको छ।
भाजपाका एकजना विधायकले भने, “भारतीय सशस्त्र बल हाम्रो देशको गौरव हो। पाकिस्तान एवं पाकिस्तान-अधिकृत कश्मीरमा आतंकवादीहरूको ठेगानामा गरिएको सफल कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको थियो। त्यसैले यस नामलाई प्रस्तावबाट हटाइनु भनेको सशस्त्र बलहरूको अपमान हो।”
राज्य विधानसभामा भाजपाका मुख्य सचेतक शंकर घोषले आरोप लगाए, प्रस्तावको ड्राफ्ट तयार गर्ने मानिसहरूलाई न त भारतीय सेनाको बारेमा बुझेका छन् न त सुरक्षा बलहरूको कारबाहीलाई लिएर पर्याप्त जानकारी नै छ। उनले भने, यस मामिलामा विपक्षका नेता शुभेन्दु अधिकारीले मंगलवार सदनमा विस्तारपूर्वक आफ्नो कुरा राख्नेछन्।
विधानसभा अध्यक्ष बिमान बन्द्योपाध्यायद्वारा यो प्रस्ताव पेश गरिनुछ, त्यसैले तृणमूल कंग्रेसका कुनै पनि नेताले यस विवादमाथि टिप्पणी गर्नदेखि अस्वीकार गरे। राज्य क्याबिनेटका एकजना वरिष्ठ मन्त्रीले भने, “किनभने यो प्रस्ताव विधानसभा अध्यक्षको पहल हो, त्यसैले यसमाथि हाम्रो पक्षबाट टिप्पणी गर्नु उचित हुनेछैन।”
विधानसभा अध्यक्षले यस सन्दर्भमा भने, सदनको कारबाहीलाई भाजपाको मनमर्जीले संचालन गर्न सकिँदैन। उनले यो पनि थपे, भाजपा विधायकहरूले चर्चामा यस मुद्दामा खुलेर आफ्नो कुरा राख्न सक्नेछन्।
स्मरइण गराइन्छ, पछिल्लो महिना मुख्यमन्त्री ममता ब्यनर्जीले ‘अपरेशन सिन्दूर’-लाई एक राजनीतिक नामकरण बताएकी थिइन् तथा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि मानिसहरूको भावनाको राजनीतिक उपयोग गरेको आरोप लगाएकी थिइन्। उनको यस बयानमाथि भाजपा नेताहरूले कड़ा विरोध व्यक्त गर्दै भनेका थिए, मुख्यमन्त्री पाकिस्तानको सुरमा बोलिरहेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा