अतिक्रमण हटेपछि अँध्यारोमा डुब्यो नवद्वीप धाम स्टेशन क्षेत्र
अतिक्रमण हटेपछि अँध्यारोमा डुब्यो नवद्वीप धाम स्टेशन क्षेत्र


नवद्वीप, 9 जून (हि.स.)। हरेक साँझ चहल-पहल र प्रकाशले जगमगाउने नवद्वीप धाम स्टेशन रोड क्षेत्र अहिलेघरि साँझ पर्नसाथ अँध्यारोमा डुब्छ। सड़क किनार ल्याम्प पोस्ट भए पनि त्यसको प्रकाश मन्द छ।

वास्तवमा गत नौ महिना अगाड़ि रेलवेले यहाँ अतिक्रमण हटाऔं अभियान संचालन गरी अवैध पसलहरूलाई रेलवेको जमीनबाट हटाइदिएको थियो। परिणामस्वरूप अहिले साँझ पर्नसाथ सड़को अधिकांश भाग अँध्यारोमा डुब्छ। यो सड़क भएर गुज्रिने यात्रीहरूले अँध्यारोमा आफूलाई असुरक्षित महसूस गरिरहेका छन्। यात्रीहरूलाई चोरी र लुटपाटको डरले सताइरहेको छ। महिला यात्रीहरूको सुरक्षालाई लिएर पनि उतिकै प्रश्न उठिरहेको छ। रेल यात्रीहरूको माग छ, रेलवेले अविलम्ब उक्त सड़कमा बत्तीको व्यवस्था गरोस्।

तथापि यस सन्दर्भमा नवद्वीप धाम रेलवे स्टेशनका प्रबन्धक विधान चन्द्र रायले भने, रेलवेेले पहिलाबाटै बत्तीको समस्या समाधान गर्नको लागि दुईवटा हाई मास्ट लाइट जड़ान गर्ने काम गरिरहेको छ। यो काम पूरा भयो भने यो समस्या केही हदसम्म समाधान हुनेछ। त्यसपछि फेरि रेलवेले अन्य लाइटहरू पनि जड़ान गर्ने योजना बनाइरहेको छ। नवद्वीप धाम स्टेशनदेखखि लिएर बायद्रा पाड़ा रेल गुमटीसम्म रेलवे रोडसम्म पर्याप्त लाइटको अभाव छ।

केही खम्बाहरूमा आठ-नौवटा लाइट मात्र छ जसले गर्दा साँझ पर्नसाथ उक्त सड़कका कतिपय ठाउँ अँध्यारो हुन्छ। मानिसहरूलाई सड़कमा गुड़्ने वाहनहरूको प्रकाशको सहारामा यात्रा गर्नुपर्छ। त्यैमाथि सड़कका ठाउँ-ठाउँमा ठूल्ठूला खाल्डोहरू पनि छन्।

उल्लेखनीय छ, हावड़ा-कटवा र कटवा-बण्डेल रूटमा प्रतिदिन 10 जोड़ी लोकल ट्रेनहरूले साँझ 6 बजेदेखि अघिल्लो दिनको बिहान 6 बजेसम्म अप-डाउन गर्दछन्। यस अतिरिक्त दशजोड़ी एक्सप्रेस ट्रेनहरूले प्रतिदिन अप-डाउन गर्दछन्। यसमा साप्ताहिक ट्रेनहरू पनि सामेल छन्। नवद्वीप धाम साटेशनमा प्रतिदिन हजारौं मानिसहरू उत्रिन्छन्। अधिकांश यात्रीहरू यसै सड़क भएर आफ्नो गन्तव्यसम्म पुग्छन्। तर पर्याप्त प्रकाशको अभावमा उनीहरूलाई समस्या भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande