
गुवाहाटी, 09 जून (हि.स.)। असमबाट राज्यसभाका दुईवटा सीटको लागि आगामी 19 जूनमा सम्पन्न हुने चुनाउको निम्ति भाजपाले बराक उपत्याकाका पार्टी नेता कणाद पुरकायस्थलाई आफ्नो उम्मेद्वार बनाएको छ। साेमवार प्रदेश भाजपा अध्यक्ष एवं सांसद दिलीप सैकियाले औपचारिक रूपमा कणाद पुरकायस्थलालाई पार्टीको टिकट प्रदान गरे।
यस अवसरमा असम प्रदेश भाजपाका सांगठनिक सचिव जीआर रविन्द्र राजू, सिलचरका सांसद परिमल शुक्लबैद्य सहित अन्य पदाधिकारीहरू उपस्थित थिए। गुवाहाटीस्थित प्रदेश भाजपा मुख्यालय अटल बिहारी बाजपेयी भवनमा दिलीप सैकियाद्वारा राज्यसभाको लागि भाजपाका लगभग 34 वर्ष पुराना कार्यकर्ता कणाद पुरकायस्थलाई प्रदान गरियो।
ज्ञात रहोस्, असमबाट राज्यसभाका दुईवटा सीट खाली भएको छ। एउटा सीटमा भाजपाले आफ्नो उम्मेद्वारलाई उतारेको छ भने अर्को सीट भाजपाले आफ्नो सहयोगी पार्टी असम गण परिषद (अगप)-को लागि छोड़िदिएको छ। अगपले फेरि एकपटक बिरेन्द्र प्रसाद बैश्यलाई आफ्नो उम्मेद्वार बनाएको छ। विपक्षद्वारा उम्मेद्वार उतारिए मात्र चुनाउ हुनेछ। तथापि एनडीएका दुवै उम्मेद्वारको जीत हुने पूर्ण सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा