सोनारपुर, 1 जुलाई (हि.स.)। गए सोमवार राती पश्चिम बंगालको सोनारपुरमा त्यसबेला ठूलो दुर्घटना हुनदेखि टऱ्यो जतिबेला क्यानिंग लोकल ट्रेनको चपेटमा एउटा सानो हात्ती वाहन (मेटाडोर) पऱ्यो जसलाई ट्रेनले लगभग 20-25 मीटरसम्म घिसार्द लग्यो। तथापि वाहन चालकले सौभाग्यवश समयमै वाहनबाट हाम फालेर आफ्नो ज्यान बचायो।
घटना सोनारपुरको गणशक्ति मोड़ क्षेत्रमा भएको हो जहाँ एक लेभल क्रसिंग भएको कारणले यो दुर्घटना भएको हो। जानकारी अनुसार सानो हात्ती वाहनले सड़क पार गरिरहेको थियो अचानक क्यानिंगति तर्फ गइरहेको लोकल ट्रेनले वाहनलाई ठक्कर दियो। प्रत्यक्षदर्शीहरूले बताए, ठक्करपछि ट्रेनले वाहनलाई लामो दूरत्वसम्म घिसार्दै लग्यो।
घटनाको सूचना पाउनसाथ सोनारपुर जीआरपी अनि आरपीएफको टीम घटनास्थलमा पुग्यो। साथै रेलवे अधिकारी पनि घटनास्थलमा पुगे। ट्रेनको इञ्जीन र ट्र्याक जाँच गरिएपछि रेल यातायातलाई बहाल गरियो।
यसावधि यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो। घर फर्किन हतार भएका केही यात्रीहरू ट्रेनबाट उत्रेर पैदल गए।एकजना यात्रीले भने, अलिकति ढिलो भएको भए पनि ठूलो अप्रिय घटना घट्नसक्थ्यो। यो एउटा ठूलो दुर्घटना बन्नसक्थ्यो।
रेल प्रशासनद्वारा मामिलाको जाँच शुरू गरिएको छ भने अर्कोतिर स्थानीय मानिसहरूले यस लेभल क्रसिंगमा सुरक्षा व्यवस्था गरिनुपर्ने माग गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा